सलमान खान आजभोलि फिल्म ‘राधे’ को काममा व्यस्त छन् । यो फिल्मलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

हालै सलमानले ‘कभी ईद कभी दिवाली’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । यो फिल्म सन् २०२१ मा रिलिज हुने पनि फाइनल भइसकेको छ ।

यसैबीच सलमान खानले आफ्नो फिल्म ‘किक २’ को पनि रिलिज मिति जारी गरेका छन् । जबकि, यो फिल्मको यतिबेला स्किृप्टमै काम भइरहेको छ ।

साजिद नाडियाडवालाले निर्देशन गर्ने यो फिल्मले सन् २०२१ को तिहारको अवसर पारेर रिलिज हुने भएको छ ।

पर्वको मौका पारेर रिलिज गर्ने सलमानका अरु फिल्म पनि कुनै चाड पारेरै रिलिज हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय