काठमाडौं, १४ असोज । दशैंमा घर जानका लागि टिकट लिन विहीबार सुर्खेतका धनराज चुनारा बसपार्क पुगे । तर टिकट सकिसकेको भनिएपछि उनी निराश भएर फर्किए । एक साताअघि नै टिकट बुकिङ खुल्ला गरेका ब्यवसायीहरुले नवमीसम्मको टिकट सकिसकेको भन्दै फिर्ता गर्न थालेका छन् । टिकट नपाएर फर्किने धनराज मात्र होइन, उनीजस्तै थुप्रै नेपाली टिकट नपाएर आजित छन् ।

टिकट नपाएपछि चिनेजानेका ब्यवसायी र यातायातका कर्मचारीहरुको खोजीमा देखिन्छन् भने कोही अन्य विकल्पको खोजीमा छन् । घटनास्थापनादेखि काठमाडौंबाट घर फर्किने क्रम शुरु हुने भएकाले एक साताअघिदेखि नै टिकट बुकिङ खुल्ला गरिएको थियो । तर घटस्थाना शुरु हुनुअघि नै ब्यवसायीहरुले टिकट सकिएको भन्दै बुकिङ काउन्टर बन्द गरेपछि सबैलाई उत्तिकै तनाव छ । काठमाडौंबाट नजिकका नागरिकहरु जसोतसो झुण्डिएर जाउँला भन्ने मानसिकतामा छन् भने टाढा टाढाका ब्यक्तिहरु कसरी जान सकिएला भनेर चिन्तित देखिन्छन् ।

हरेक वर्ष देशैैंमा घर परिवार तथा मान्यजनको हातबाट टीका थाप्न भन्दै लाखौं नेपाली काठमाडौंबाट बाहिरिन्छन् । दशैंमा काठमाडौं रित्तोजस्तै हुन्छ । गत वर्ष दशैंमा काठमाडौंबाट १८ लाख मानिस उपत्यकाबाट बाहिरिएको प्रहरीको तथ्यांक छ । यो वर्ष यातायात ब्यवसायी महासंघकाअनुसार १० लाख टिकट विक्री भइसकेको छ । तर अझै लाखौं मानिसले टिकट लिएकै छैनन् ।

काठमाडौंमा पढ्न बसेका विद्यार्थीहरु घटनास्थापनादेखि नै घर फर्किन्छन् भने कर्मचारीहरु अधिकांश फुलपातीदेखि घर फर्किन्छन् । दशैंमा सबैजना घर फर्किने भएकाले नियमित रुटका गाडी अपुग हुने भएका हरेक वर्ष अस्थायी रुट परमिटमा बस सञ्चालनको अनुमति दिने गरिएको छ ।

 

यो वर्ष अत्याधिक सवारी दुर्घटना भइरहेकाले सिट क्षमता भन्दा बढी यात्रु चढ्न नदिन ट्राफिक प्रहरीले कडाइ गरिरहेको छ । तर ब्यवसायीहरु भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न पाउनुपर्ने भन्दै आन्दोलन गरेका छन् । सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने डरले ब्यवसायीहरुले आधा टिकट विक्री भएपछि टिकट सकिएको भन्दै टिकट बन्द गरेका छन् ।

 

टिकट बन्द गरी सरकारलाई दबाबमा पारेर बसको तलमाथि जतिपनि यात्रु राखेर लैजान बाध्य पार्ने दाउ ब्यवसायीको छ । व्यवसायीकै दबाबमा सरकारले असोज १५ गतेदेखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरिसकेको छ ।

Passengers heading for hometowns

यात्रुहरुलाई सहजता प्रदान गर्न भन्दै सरकारले अस्थायी रुट परमिट लिएर यात्रुबाहक बस जुनैसुकै ठाउँमा चलाउन दिने निर्णय गरे पनि यातायात ब्यवसायीहरुले सिट क्षमता भन्दा २० जना बढी यात्रु बोक्न पाउनुपर्ने माग राखेका छन् । क्षमताभन्दा बढी मनपरी यात्रु राख्न बाध्य पार्न ब्यवसायीहरुले यस्तो अडान राखेपछि सरकारले विकल्प खोजेको छ । डेढ वर्षअघि शक्तिशाली भूकम्प गएकाबेला प्याब्सन, एन प्याब्सन तथा हिसानले स्कुल बसहरुबाट निःशुल्क रुपमै यात्रु ओसारेको थियो ।

अहिले पनि काठमाडौंमा सञ्चालित साझा यातायात, मेट्रो लगायतका ठूला बसहरुलाई दशैंमा बाहिर पठाउनेबारेमा छलफल शुरु भएको छ । यात्रुहरुको सहजताका लागि साझा यातायातले काठमाडौंबाट गोरखा र बाग्लुङ् रुटमा दैनिक एक एक वटा बस सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

साझाले असोज १६ गतेदेखि गोरखा र बाग्लुङको रुटमा दैनिक एक एक वटा बस सञ्चालन गर्न लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । विहान साढे ६ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्कबाट कलंकी हुँदै साझा बस बाग्लुङ प्रस्थान गर्नेछ भने विहान ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै गोरखा प्रस्थान गर्ने साझा यातायातले जनाएको छ ।

यता, नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले दसैँमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ ।

यातायात व्यवसायको क्षेत्रमा एकाधिकार कायम राखी यात्रु तथा सेवाग्राहीलाई ठग्ने संघसंस्थालाई सरकारले कारबाही गर्नुपर्नेमा महासङ्घका अध्यक्ष विष्णु सिवाकोटी बताउँछन् । ब्यवसायीहरुको एकाधिकार तोड्न साझा यातायात, मेट्रो तथा अन्य यातायात काठमाडौं बाहिर पठाउनुपर्नेबारेमा छलफल शुरु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah