काठमाडौ, १४ असोज । सिंहदरबारबाट संसद भवन आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजुलीबजारबाटै फर्किएका छन् ।

बिजुली बजार आइसकेका उनी पुनः फर्केर सिंहदरबार नै पुगेका थिए ।

काठमाडौको बिजुलीबजारमा आउँदा सवारी जामका कारण बाटो खुल्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड फर्केर वालुवाटार पुगी खाना खाएर अर्को बाटो संसद भवन आएका हुन् ।

१५ मिनेट विजुलीबजारमै प्रधानमन्त्री सवार गाडी रोकिएको र सुरक्षाका कारण वालुवाटाार पुगेर प्रचण्ड संसद आएका थिए ।

केही दिन यता बाटाे मर्मतका लागि लाेकल गाडी चल्ने छेउकाे बाटाे बन्द गरिएपछि बानेश्वरदेखि नै जाम लाग्ने गरेकाे छ । एक वर्षअघि बनाएकाे सडक भत्किएपछि टालटुल शुरू भएकाे छ ।  टालटुलका लागि छेउकाे बाटाे बन्द गरिँदा निकै जाम हुने गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय