
काठमाडौं / बलिउड एक्सन स्टार टाइगर श्रॉफको नयाँ फिल्म ‘बागी ३’ को पोष्टर रिलिज भएको छ । पोष्टरमा अभिनेता टाइगर फिचर्ड छन् । पोष्टरमा उनको अनुहार देखिएको छैन । उनी ठुलो ट्याङ्कको अगाडी छन् । यस फिल्मको ट्रेलर सन् २०२० को फेब्रोअरी ६ मा आउने जनाइएको छ ।
यस फिल्मलाई साजिद नाडियडवालाले निर्माण गरेका हुन भने निर्देशन हमद खानले गरेका छन् । फिल्ममा टाइगर श्रॉफ र श्रद्धा कपूरको मूख्य अभिनय रहनेछ । त्यस्तै फिल्ममा रितेशदेशमुख पनि रहेका छन । बागीको पहिलो भागमा पनि अभिनय गरेकी श्रद्धाले बागी ३ मा पनि टाइगरको जोडीमा अभिनय गरेकी छिन् ।