स्पेनिस जायन्ट्स बार्सिलोना फुटबल क्लबले नेपाली अभिनेत्री प्रियंका कार्कीको तस्बिर सेयर गर्दै आफूहरुलाई नेपाल असाध्यै मनपर्ने बताएको छ। हालै प्रियंका कार्कीले प्रेमी आयुसमान देशराज जोशीसँग स्पेनमा बार्सिलोनाको फुटबल हेर्न गएका थिए। उनले यस जानकारी फेसबुक पेजमार्फत् जनाइन्।
आज सोमबार बार्साको आधिकारिक फेसबुक पेजमा प्रियंकाको तस्बिर सेयर गर्दै बार्साले क्याप्सनमा भनेको छ,‘हामी नेपाललाई माया गर्छौं।’




