केबि महरा/ काठमाडौ
लोक तथा दोहोरी गायक अर्जुन पन्तले आफ्नो नौलो म्युजिक एल्बम
” प्रदेशिको अँध्यारो संसार ” बजारमा ल्याएका छन्। लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचानमा लागेका सर्जक तथा गायक पन्तले पछिल्लो समय निकै नै मार्मिक गितहरु मार्फत रचनात्मक संदेश सहितका लोक दोहोरी गितहरु बजारमा ल्याउने गरेका छन्।
सर्जक पन्तले प्रदेशिको अँध्यारो संसार बोलको गित मार्फत आम नेपाली दाजुभाई हरुले प्रदेसमा भोग्दै आईरहेका समस्या र घटनाहरुलाई दृष्टान्त गर्ने जमर्को उक्त म्युजिक भिडियो मार्फत गरेका छन् ।
उमा खड्का र सर्जक अर्जुन पन्तको आफ्नै लय तथा शब्द संकलन तथा स्वरमा पछिल्लो समएकी चर्चित गायिका एवम मोडेल सम्झना भण्डारिले साथ दिएकी छिन्।
यम थापा मगरले एरेन्ज गरेको उक्त म्युजिक भिडियोमा अर्जुन पन्त,अनिशा,कबिता र श्रेया तथा दिपकले अभिनय गरेका छन्।
गितको बजार ब्यबस्थापन अन्जना डिजिटलले गरेको हो ।
म्युजिक भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्:



