काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज हलमा दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ सहित दुई बलिउड चलचित्र ‘शुभ मंगल ज्यादा सावधान, ‘भूत ः द हन्टेड सिप’ का साथै हलिउड चलचित्र ‘द कल अफ द वाइल्ड’ प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘आमा’ लाई दीपेन्द्र के खनालले निर्देशन, लेखन र छायांकन गरेका हुन् । हस्पिटल ड्रामा ‘आमा’ लाई दर्शक तथा चलचित्र समीक्षक दुवैले मन पराउनेमा निर्देशक खनाल विश्वस्त छन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् ।

यस्तै धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ पनि आज नै रिलिज भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक–सामाजिक विषय उठान गरेको छ । हास्य व्यङग्यमा आधारित चलचित्रमा सीतारमा कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

सोसल रोमान्टिक कमेडी बलिउड चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ मा हितेश केवालियाको लेखन र निर्देशन छ । चलचित्रमा आयुष्मान खुराना र भूमि पेडनेकर मुख्य भूमिकामा छन् ।

साथै हरर थ्रिलर चलचित्र ‘भूतः द हन्टेड सिप’ का निर्देशक भानु प्रताप सिंह हुन् । चलचित्रमा विकी कौशल, भूमि पेडनेकर र आशुतोष राणा मुख्य भूमिकामा छन् ।

हलिउड चलचित्र अन्तर्गत, ज्याक लन्डनको छोटो साहसिक उपन्यासमा आधारित ‘द कल अफ द वाइल्ड’ लाई क्रिस सानदर्सले निर्देशन गरेका छन् । यो साता ५ वटा चलचित्र नेपाली चलचित्र घरका सो बाँडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय