उर्लाबारी । चर्चित गायक डम्बर नेपाली र गायक निसान भट्टराईलाई गृह नगरमा सम्मान गरिएको छ ।
महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत साँगीतिक साँझ’ आयोजना गरी यु युथ्स अफ उर्लाबारीले गायकद्धय नेपाली र भट्टराईलाई सम्मान गरिएको हो । उहाँहरुलाई उल्लेख्य दर्शकदीर्घा र अतिथीका माझ कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मान पत्र सहित सम्मान गर्नुभयो ।

‘उर्लाबारीलाई साँगीतिक उर्भरभुमीको रुपमा देशविदेशमै चिनाउन सफल डम्बर र निशानलाई बिशेष सम्मान गरिएको हो, कार्यक्रम संयोजक किशोर श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा डम्बर र निसानले आफ्ना नयाँ तथा पुराना चर्चित गीत गाएर दर्शकदिर्घालाई मनोरञ्जन दिलाएका थिए । डम्बरले शिवरात्रि साझलाई अझ रंगीन बनाईदिएका थिए ।
उनले ‘मेरो जिवनबाट जाने भए जाँउ, कि यो जंगे रेलमा’, मेरो सुईटर फाटेको चर्चित गीत गाएर दर्शक दिर्घालाई नचाएका थिए ।

यस्तै गायक निसान भट्टराईले ओई भुन्टी,दैब हे, भिजिट भिसामा गाएर आफ्ना बुवा आमा सहित दर्शक दिर्घालाई नचाएर मनोरञ्जन दिलाए । निसानले पूर्व मिस नेपाल निकिता चाण्डक अभिनित फिल्म साङ्लोको गीत झ्याम्मै आँखा झ्याम्मै गीत गाएर नायिका निकिता स्वयलाई नचाउदा कार्यक्रमको माहौल झनै तातेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मेयर फागोले क्लवको प्रशंशा गर्दै समाजलाई टेवा पुग्ने रचनात्मक काम गर्न हौषला प्रदान गर्नुभयो ।
क्लवका अध्यक्ष प्रेमराज शर्माले क्लवको कार्यक्रमलाई भब्य र शब्य रुपमा सम्पन्न गर्न अतुलनिय सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रदान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय