काठमाडौं, १५ असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकको पछि लाग्दा दर्जनौं नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेका हुन् ।

आजको नयाँ पत्रिकामा खबर छ– फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए।

जोनसोनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ। उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए।

प्रहरीमा परेको पछिल्लो उजुरीमा प्रेम र विवाहको नाटक गरेर ४० लाख रुपैयाँसम्मको सामान पठाइदिएको कर रकम मागेर उनले ठगी गरेको दाबी गरिएको छ । जोनसोनले उपहारको ट्याग नम्बरसमेत पठाएर विश्वासमा पारी त्यसबापत कर रकम मागेर ठगी गरेका हुन् ।

हालसम्म उनले नेपाली महिलासँग ३२ लाख रुपैयाँ ठगी गरिसकेको अपराध महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए ।
ठगी कार्यमा उनले एक नेपाली युवतीलाई प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय