केही सातापहिले नायिका नेहा धुपिया ‘इट्स हर च्वाइस’ वाला कमेन्टका कारण ट्रोलर्सको निसानामा परिन् ।

जब यो कमेन्टको समर्थनका लागि उनका श्रीमान् अंगद बेदीले आफ्नो पाँच प्रेमिकाको तस्बिर शेयर गरे, तब उनी आफैँ पनि ट्रोलर्सको निसानामा परेका छन् ।

अंगदले आफ्नी श्रीमतीको समर्थन गर्दै एक पोस्टमा लेखेका छन्, ‘सुन, मेरो कुरा… यी हुन् मेरा पाँच प्रेमिका। जे गर्न सक्छौ गर।’ आफ्नो यो पोस्टमा अंगदले श्रीमती नेहालाई पनि ट्याग गरेका छन् र ह्यासट्यागसहित लेखेका छन् ‘इट्स माई च्वाइस’।

वास्तवमा यी तस्बिरमा अंगद आफ्नी श्रीमतीसँग अलगअलग पोजमा देखिएका छन्। तर यस विषयमा अंगदले श्रीमतीलाई गरेको समर्थन प्रशंसकलाई मन परेन।

कतिपयले उनलाई श्रीमतीको गल्तीमा साथ दिएका भन्दै ट्रोल गरेका छन्। नेहाले आफ्नो यो बयानबारे उल्लेख गरेकी छन्, ‘दुर्भाग्यवश, हिंसाविरुद्ध बोल्दा ममाथि जे भइरहेको छ, त्यो राम्रो होइन। एक व्यक्तिले प्रेमिकाले उनलाई धोका दिएकोमा उनलाई चड्कन हानेको मलाई बताए। मलाई उनको कुरा ठिक लागेर उनलाई गाली गरें। मैले महिलाको सुरक्षाको दृष्टिकोणबाट आवाज उठाएकी थिएँ ।’ नेहाको थप भनाइ छ, ‘हरेक व्यक्तिको आफ्नो च्वाइस हुन्छ । कसैले कसैलाई माया गर्ने, नगर्ने त्यो उसको आफ्नो निजी ईच्छा हो ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah