झापा । मिस नेपाल–२०१८ मा सहभागी भएको मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर महिलाको सूची’मा समावेश गरिएको हो ।

मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० मा पुगेर बाहिरिएकी थिइन् । थाइल्याण्डको बैंककमा आयोजित अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी थिइन् ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अवसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो । मनिता देवकोटा हाल अमेरिकामा बस्दै आएकी छन् । ताजा समाचारबाट

प्रतिक्रिया

सम्बन्धित खवर