#

ऋतिकको जीवनमा ‘लकडाउन’ले ल्याएको खुसी


कोरोनाबाट संसार त्रसित छ । यसबाट बच्नको लागि भारत सरकारले गरेको लकडाउन नै गरेको छ । सोही लकडाउनले बलिउड अभिनेता ऋतिक रोशनको जीवनमा भने खुसी ल्याएको छ । डिभोर्स भइसकेकी श्रीमति सुजैन खान ऋतिकसँगै बस्न उनको घर आइपुगेकी छिन् ।

ऋतिक र सुजैनको डिभोर्स भएको धेरै वर्ष बितिसक्यो । तर पनि बेला बखत उनीहरु एक-अर्कालाई भेटिरहन्थे । उनीहरुको प्रेमको अन्त्य भएको थिएन । आफ्ना सन्तानहरुको लागि पनि उनीहरु भेट गरिरहन्थे ।

अहिले पुन: सुजैन आफ्नो सन्तानकै लागि ऋतिकको घर फर्किएकी हुन् । लकडाउनको समय सुजैन पूर्ण रुपमा ऋतिकको घरमा नै बस्नेछिन् ।

सुजैन आएको खुसी ऋतिकले सामाजिक संजालमा पोष्ट नै गरेका छन् । उनले आफ्नो सन्तानको मायाले सुजैनलाई घरसम्म फर्काएको ऋतिकले उल्लेख गरेका छन् । ऋतिकले आफ्नो सन्तानको माया बुझेको भन्दै सुजैनलाई धन्यवाद पनि भनेका छन् ।

सुजैनले पनि ऋतिकको घरबाट बाहिरको दृष्य खिचेर सामाजिक संजालमा पोष्ट गरिरहेकी हुन्छिन् । सुजैन पनि ऋतिकको घर फर्किदाँ खुसी देखिन्छिन् ।

यो पनि पढ्नुहोस
ऋतिक र सुजैन प्रेम सम्बन्धमा

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानको पुन मिलनको बारेमा भारतीय मिडियाहरुले धेरै चर्चा गर्न थालेका छन् ।

१४ वर्षे वैवाहिक जीवनलाई ऋतिक रोशन र सुजैनले अन्त्य गरेर ४ वर्ष पछि फेरी प्रेममा परेका छन् । आफना दुई छोराहरुसँग घुम्न गएको र छुट्टी मनाएको कुराहरुले पनि यो पुनः मिल्नको चर्चा चलेको भातीय सञ्चार माध्यमहरुले जनाएको छ । ऋतिकले एउटा भिडियो मार्फत पूर्वपत्नी सुजैनप्रतिको प्रेमभाव व्यक्त गरेका छन् ।

उनले उल्लेख गरेका छन्, ‘मेरो सबैभन्दा राम्रो साथी तथा पूर्वपत्नी सुजैन अहिले मेरो बच्चाको तस्बिर खिचिरहेकी छन् । यो आफैमा एउटा याद गर्ने समय हो जसले हाम्रा बच्चालाई लाइन र आइडियाको यो दुनियाँमा एकैसाथ बस्नु त्यती गाह्रो काम होइन भनेर सिकाउँछ ।’ उनले भनेका छन्, ‘यहाँबाट नै एउटा यस्तो दुनियाँको सुरुवात हुन्छ, जहाँ प्रेमले सबैलाई जोडेर राखेको हुन्छ ।

जहाँ सबै जना बहादुर छन्, स्वतन्त्र छन् र यो कुराको सुरुवात तपाइको घरबाट सुरु हुन्छ ।’अभिनेता ऋतिकले आफ्नी पूर्वपत्नी सुजैनले समुन्द्रको छालमा आफ्नो र दुई सन्तानको तस्बिर खिचिरहेको तस्बिर समेत सेयर गर्दै आफ्नो मनको भवना पोखेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु