मुम्बई : भारतिय टीभी एक्ट्रेस करिश्मा तन्ना लकडाउनमा योगा गरिरहेकी थिइन्। अहिलेको समयको भरपूर फाइदा उठाउँदै योगका नयाँनयाँ आ’सन पनि सिकिरहेकी थिइन् तर यही नयाँ आ’सन सिक्ने क्रममा उनी नराम्ररी घाइ’ते भएकी छन्।
उनी हात र खुट्टासँग जोडिएका नयाँ आ’सन सिकिरहेकै बेला उनले ब्यालेन्स गुुमाइन् र लडिन्। त्यहीँ नजिकै रहेको काँचको कचौरामा ठो*क्किएर उनलाई गहिरो चो*ट लाग्यो।
करिश्माले भनिन्, ‘केही नयाँ सिक्ने चक्करमा घा’इते भएँ। म वृश्चिकासन गर्दै थिएँ। बीचमा मेरो फोकस डगमगायो। यस कारण मेरो ब्यालेन्स पनि बिग्रि’यो। अनि म बायाँतिर राखिएको ग्लास बाउलमा ठोक्किन पुगें। यो निकै ड’रलाग्दो थियो, मेरो खुट्टाबाट निकै रग’त ब’गिरहेको थियो।’
उनले भनिन्। ‘मेरो काँध र गर्दनमा पनि चो’ट लागेको छ। म बाहिर निस्कन सक्ने अवस्थामा थिइनँ। मैले यही अवस्थामा डाक्टरसँग फोनमा कुरा गरें। उनले मलाई केही औषधि सिफारिस गरे। यसका साथै एक हप्ता आराम गर्ने सल्लाह पनि दिए’,
करिश्मा हालै ‘खतरों के खिलाडी’ को १० औं सिजनमा देखिएकी थिइन्। उनी ‘खतरों के खिलाडी-१०’ की विजेता भइसकेको खबर पनि बाहिरिएको छ।



