काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल आर्थ गन अमेरिकी आइडलको टप टेनमा पर्न सफल भएका छन् । दिभेस पोखरेलले आफनो फेस बुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका छन् । अमेरिकी आइडलका सुरुका चरणबाटै जजहरुको पर्न सफल पोखरेलले जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाउँदा जजहरु निकै प्रशन्न भएको देखिन्थ्यो ।’

दिभेस पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेको आफू निकै खुशी भएको ट्वीट मार्फत बताएका छन् ।साथै उहाँको यो सफलताले अमेरिकामा रहेका नेपालीलाई गर्ववान्ति बनाएको पनि उल्लेख गर्नुभएको गरेका छन् ।

त्यस्तै केहि दिन अगाडी घोषणा गर्नुअघि निर्णायक मण्डलमध्येका एक लियोनेल रिचीले उनलाई आफ्ना सबै प्रतिस्पर्धीमध्ये सबैभन्दा युनिक (अद्विीतीय) प्रतिस्पर्धीको उपमा दिए । उनले भने, ‘जब तिमी हामीमाझ पहिलो पटक आयौ तब हामीले तिमीबाट के आशा गर्ने भनेर ठम्याउनै सकेनौं । तर जब तिमीले आफ्नो मुख खोल्यौ, तिमीले तत्काल आफ्नो परिचय स्थापित गरिहाल्यौ ।

स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’

आफू निकै सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन् । पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए । नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् । अमेरिकामा पुगेपछि उनले आफूले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah