एजेन्सी : कोरोना भाइरस संक्रमण फैलिएपछि त्यसको रोकथामका लागि आह्वान गरिएको लकडाउनका कारण थुप्रै बलिउड सेलिब्रेटी आफ्ना प्रेमीप्रेमिकासँग क्वारेन्टाइनमा बसिरहेका छन् ।

जसमा पर्छन् बलिउड अभिनेता अरबाज खान पनि । उनी आफ्नी प्रेमिका जियोर्जिया एन्ड्रियानीसँग होम क्वारेन्टाइनमा बसिरहेका छन् । यसैबीच, भारतीय सञ्चार माध्यममा उनीहरुले गोप्य रुपमा विवाह गरेको समाचार प्रशारण गरेका छन् ।

विवाहको बारेमा समाचार बाहिरिएपछि अरबाजकी प्रेमिका जिओर्जियाले वास्तविकता बाहिर ल्याएकी छिन् । उनले भनेकी छिन्, ‘हामी दुई पहिले पनि एकसाथ लामो समयदेखि सँगै छौं । त्यसैले यसका खासै कुनै परिवर्तन आएको छैन । हामी एक अर्कालाई निकै राम्रोसँग बुझ्छौँ ।’

यसबाहेक उनले विवाह भएमा सबैलाई जानकारी दिने समेत जिकिर गरेकी छिन् । भनेकी छिन्, ‘मानिसहरु जे मन लाग्छ सोच्न सक्छन् । तर मलाई यस्ता कुराहरुले फरक पर्दैन । जब हामी यो सम्बन्धलाई अगाडि बढाउँछौँ तब हामी सबैलाई जानकारी दिनेछौँ । म कसैको दिमाग काबुमा राख्न सक्दिन त्यसैले जसलाई जे सोच्न मन लाग्छ सोच्न सक्छन् ।’

अरबाज र जियोर्जिया करिब दुई वर्षदेखि प्रेमसम्बन्धमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah