बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा ३० अप्रिलमा निधन भएको थियो । उनी विगत दुई वर्षदेखि ब्लड क्यान्सरबाट जुधिरहेका थिए । लामो समयसम्म अमेरिकामा उपचार गराएपछि उनी गत वर्ष मुम्बई फर्किएका थिए ।

उनी फिल्म ‘शर्माजी नमकीन’ मार्फत् बलिउडमा फिर्ता हुने तयारीमा थिए । फिल्मको सुटिङ सुरु भइसकेको थियो । फिल्ममा उनी मुख्य भूमिकामा थिए । उनको निधन पछि फिल्म कहिल्यै रिलिज नहुने अनुमान गरिएको थियो तर अब प्रविधिको प्रयोगले फिल्म पूरा गर्ने र रिलिजसमेत गरिने निर्माण पक्षले बताएका छन् ।

भीएफएक्सको मद्दत लिनेछन् निर्माताः

वास्तवमा ऋषि कपुरले आफ्नो भागको धेरैजसो सुटिङ पूरा गरिसकेका थिए । केही दिनको सुटिङ मात्रै बाँकी थियो । यस्तोमा निर्माता हनी त्रेहानले एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा फिल्म पूरा हुनेबारे जानकारी दिए । उनका अनुसार निर्देशक हितेश भाटिया र क्रुसँग मुख्य कलाकार बिना नै फिल्म पूरा गर्नुपर्ने निकै ठूलो चुनौती छ । उनले यसबारे जानकारी दिँदै भने, ‘यस्तोमा हामी एड्भान्स टेक्नोलोजी, भीएफएक्स र केही विशेष टेक्निकको सहारामा क्वालिटीमा सम्झौता नगरी फिल्मको सुटिङ पूरा गर्नेछौं । हामीले यसका लागि केही भीएफएक्स स्टुडियोसँग पनि कुराकानी गरिरहेका छौं ।’

चार दिनको मात्रै सुटिङ बाँकी थियोः

त्रेहान थप्छन्, ‘हामीले जनवरीसम्म दिल्लीमा फिल्मका थुप्रै हिस्सा सुट गरिसकेका थियौं । चार दिनको शेड्युल मात्रै पेन्डिङ थियो । ऋषि जी सिल्भर स्क्रिन लेजेन्ड थिए, यस्तोमा यो फिल्म उनका लागि समर्पित हो र उनका प्रशंसकका लागि हामी फिल्म पक्कै पनि रिलिज गर्नेछौं । म हाम्रा अन्य निर्माता रितेश सिधवानी र फरहान अख्तरलाई पनि धन्यवाद दिन चाहन्छु जसले हामीलाई आर्थिक सहयोग मात्रै नभई भावनात्मक सहयोग पनि दिइरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah