एजेन्सी : बलिउडका सुपरस्टार सलमान खानको विवाह कहिले हुन्छ ? प्रशंसकहरु कयौं वर्षदेखि यो प्रश्नको जवाफ खोजिरहेका छन् ।

धेरै वर्षदेखि विभिन्न अभिनेत्री तथा युवतीहरुसँग प्रेम सम्बन्धमा रहेका सलमानको नाम विभिन्न समयमा विभिन्न युवतीहरुसँग नाम जोडिने गरेको छ । पछिल्लो समय उनको नाम लुलिया भन्तुरसँग जोडिँदै आएको छ ।

यसैबीच, लुलियालाई सलमानको विवाहको विषयमा प्रश्न सोधिएको छ । उनले सलमानको विवाहलाई लिएर फरक तरिकाले जवाफ दिएका छन् । एउटा इन्टरनेट वेभसाइटसँग कुराकानीमा लुलियालाई प्रश्न सोधिएको थियो, ‘सलमानसँग कहिले विवाह गर्नुहुन्छ ?’

यो प्रश्नको जवाफमा लुलियाले हाँस्दै भनिन्, ‘हे भगवान… मलाई लाग्छ सबैभन्दा महत्वपूर्ण कुरा हामी दुई एक अर्काको बारेमा के सोच्छौं भन्ने हो । एकसाथ समय बिताउनु पनि महत्वपूर्ण कुरा हो । कुनै व्यक्तिसँग जीवनभर साथ रहनु महत्वपूर्ण कुरा हो । कागजमा विवाहको धब्बा लगाउनु ठूलो कुरा होइन ।’

उनले अगाडि भनिन्, ‘मलाई यो प्रश्न बारम्बार सोध्ने गरिन्छ । यहाँसम्म कि मेरो आमाबुबालाई पनि यो प्रश्न सोध्ने गर्थे, ‘तिमी कहिले विवाह गर्छौ ?’ त्यसपछि मैले आमालाई मलाई खुशी देख्न चाहानुहुन्छ कि विवाहित भन्ने प्रश्न गरेँ । त्यसपछि आमाले मलाई कहिल्यै प्रश्न गर्नुभएन । मलाई राम्रो समय बिताउनु र राम्रो सम्बन्ध राख्नु नै धेरै महत्वपूर्ण लाग्छ ।’

लुलिया भन्तुर रोमानियन मोडल हुन् । उनको नाम पछिल्लो समय भारतमा लोकप्रिय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah