#

दिवेश अमेरिकन आइडलको ‘फर्स्ट रनर अप’


काठमाण्डौ – दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप भएका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फर्स्ट रनर अप बनेका हुन् ।

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए ।

मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो ।

विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गरेका छन् । गएको सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए।

फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश ६ वर्षअघि अमेरिका आएका हुन् । काठमाण्डौमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका थिए।

दिवेश फस्ट रनर अप भएको एबीसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने लाइबेरियाली मूलकी २१ वर्षीया जष्ट सामले जितेकी छिन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु