काठमाडौं, १६ असोज ।उनका एक छोरा नेपाली सेनाका उच्चपदस्थ अधिकृत छन् । अर्का छोरा पनि नेपाल प्रहरीको जुनियर अधिकृत छन् । नेपाली सेनामा कार्यरत जेठा छोरा दिलबहादुर खड्का अहिले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको सिलसिलामा विदेशमा छन् भने कान्छा छोरा थीरहरि प्रहरी सेवाको सिलसिलामा काठमाडौंमै ।

आजको राजधानीमा खबर छ– आर्थिक रूपमा सम्पन्न यी दुईका ७७ वर्षीय वृद्ध बाबु गणेशबहादुर खड्काले भने झन्डै पाँच लाख रुपैयाँ ऋण नतिरेको अभियोगमा जेल जीवन बिताउनुपर्ने अवस्था आएको छ । नातामा छोरीज्वाइँ पर्नेसँग लिएको ऋण नतिर्दा वृद्ध गणेशबहादुरको बास अब कारागारमा हुन लागेको हो ।

ओखलढुंगा सिंहदेवी गाविसका गणेशबहादुरले २१ वर्षअघि ०५२ सालमा आफ्नै दाजुका छोरीज्वाइँसँग २ लाख ३६ हजार रुपैयाँ ऋण लिएका थिए । छोरीज्वाइँ नाता पर्ने रामकृष्ण भण्डारीले आफूसँग लिएको ऋण तिर्न गणेशबहादुरलाई धेरै ताकेता गरे । तर, कुनै सुनवाइ भएन । त्यसपछि यो मुद्दा अदालतसमक्ष पुग्यो ।

पुनरावेदन अदालत पाटनको फैसलाअनुसार अब गणेशबहादुरलाई काठमाडौं जिल्ला अदालतको पत्रको आधारमा पक्राउ गरी काठमाडौं ल्याउन लागिएको छ । उनलाई तीन दिनअघि सिंहदेवीबाटै पक्राउ गरिएको हो । उनलाई ६ असोज ०७३ को आदेशअनुसार एक वर्ष कैद भुक्तान गर्न भण्डारीले जेल बस्दा लाग्ने खर्च ३६ हजार ६ सय २० रुपैयाँसमेत जम्मा गरिदिएका छन् ।

अदालतले मुलुकी ऐन दण्डसजाय महलको ४२ नं। र लेनदेन व्यवहारको १९ नं। बमोजिम बिगो ४ लाख ७३ हजार ८ सय बुझाउनुपर्ने फैसला गरेको थियो । तर, उनले सो रकम तिर्न आनाकानी गरेपछि भण्डारीले उनलाई कैद सजायको माग गरेका हुन् । अदालतको आदेशलाई समेत बेवास्ता गरी गणेशबहादुरले भण्डारीको रकम बुझाउन आनाकानी गरेका थिए ।

०५२ सालमा लिएको रकमको ०५५ सालमा कागज परिवर्तन गरिएको थियो भने ०५९ सालमा पुनः अर्को कागज परिवर्तन गर्दा पनि उनले पैसा तिर्न आनाकानी गरेका थिए । त्यसको १० वर्षपछि २३ असोज ०६९ मा काठमाडौं जिल्ला अदालतमा पहिलो फैसला भएको थियो ।

सो फैसलाविरुद्ध पुनरावेदन गरेका गणेशबहादुरले ११ पुस ०७१ को अर्को फैसलामा समेत हारेका थिए । भण्डारीले १४ माघ ०७२ मा फैसलाबमोजिमको बिगो भराइपाऊँ भन्दै अर्को दरखास्त दिएका थिए । तर, त्यसलाई पनि उनले बेवास्ता गरेका थिए ।

सो मुद्दा हेरिरहेका अधिवक्ता कुमार घिमिरे उनका दुई भाइ छोरा पनि सरकारी जागिरे रहेको अवस्थामा पैसा तिर्न नसक्नु अचम्मको विषय भएको बताउँछन् । ‘उनका छोराहरू वृद्ध गणेशबहादुरले लिएको रकम तिर्न सक्ने अवस्थामा छन्, तर, दसैंको मुखमा ७७ वर्षीय वृद्ध बाबुलाई जेल पठाउन किन रहर लागेको हो, बुझ्न सकिएन,’ अधिवक्ता घिमिरेले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah