काठमाडौं, १६ असोज । कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत छैन् ।
पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त गर्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका हुन् ।
कार्यक्रममा पौडेलले परम्परागत गुट अन्त्य गरी ‘बागी’ ले खेल्न नपाउने गरी अघि बढ्न सभापति देउवासँग आग्रह गरेका थिए । पार्टीभित्र अरूका सोच हावी गराउने पात्रका रूपमा सिटौलालाई चित्रित गर्दै उनले भनेका थिए- हामी दुई पक्ष समझदारी गरे अगाडि बढे बागीहरू समाप्त हुन्छन् ।’
कार्यक्रममा सँगै रहेका सिटौलाले भने आफूप्रति लक्षित पौडेल बाणलाई हाँसेरै टारे, अर्थात् तत्काल कुनै प्रतिक्रियात्मक जवाफ दिएनन्। अन्तर्मनको आक्रोश भने उनले आफ्ना निकटवर्तीसँग पोख्ने गरेका छन् । यी दुई नेताबीचको सम्बन्ध कतिसम्म चिसिएको छ भन्ने बुझ्न शुक्रबारको चियापान काफी छ । पौडेलले विजयादशमीको उपलक्ष्यमा सञ्चारकर्मीका लागि भन्दै चियापान आयोजना गरे । लगत्तै सिटौलाले त्यसै दिन एउटै समय पारेर मिडियाका प्रमुखहरूका लागि भन्दै छुट्टै चियापान गरे ।

‘पौडेलले चियापान गरेपछि पुरानो संस्थापनभित्र आफ्नो पनि छुट्टै अस्तित्व देखाउन सिटौलाले पनि आयोजना गरेका हुन्,’ यी दुई नेताबीचको केमेस्ट्री बुझेका एक कांग्रेस नेताले भने, ‘अहिले यी दुवै नेता एकअर्काको अस्तित्व समाप्त पार्ने रणनीतिमा उत्रिएका छन् ।’

१३ औं महाधिवेशनमा आफूलाई हराउनकै लागि सिटौलाले सभापतिमा उम्मेदवारी दिएको ठम्याइमा पौडेल पुगेका छन् । त्यही आक्रोश पोख्दै पौडेल सिटौलाप्रति अनुदार देखिएका हुन्। उनले सिटौलालाई कहिले ‘बागी’ त कहिले ‘धोकेबाज’ भन्दै सार्वजनिक रूपमै प्रहार गर्दै आएका छन् ।

पार्टीका भ्रातृसंस्था नेविसंघ र महिला संघको महाधिवेशनमा दुवै पक्षका केही नेता र कार्यकर्ताले पुरानो संस्थापनलाई एक बनाउने प्रयास पनि गरे। पौडेल र सिटौलालाई मिलाउन केही नेता तथा कार्यकर्ता जुटे पनि। तर, पौडेल सिटौलासँग कुनै पनि हालतमा ‘घुँडा नटेक्ने’ निचोडमा पुगेपछि सम्बन्ध निकट हुन सकेन ।

सिटौला पार्टी सभापति शेरबहादुर देउवासँग सम्झौता गर्दै आफ्नो समूह आकार बढाउने रणनीतिमा लागे। त्यही रणनीतिअन्तर्गत नेविसंघ र महिला संघमा पौडेल समूहको भन्दा बढी हिस्सा सिटौलाले लिन सके ।

१३ औं महाधिवेशनअघि पनि पौडेल र सिटौलाबीचको सम्बन्ध त्यति न्यानो थिएन। दुवै नेताबीच सम्बन्ध चिसो भए पनि औपचारिक हार्दिकता थियो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको छत्रछायाबाटै सिटौलाले राजनीतिक उचाइ प्राप्त गरेका हुन् । गिरिजाप्रसादसँग उनको सीधै सम्बन्ध र सम्पर्क थियो। गिरिजाप्रसादको निधनपछि सुशीलसँग पनि त्यस्तै सम्बन्ध स्थापित भयो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah