एजेन्सी – सम्बन्धविच्छेदपछि आ–आफ्नो जीवन विताइरहेका बलिउडमा कुनै समय निकै चर्चित जोडीको रुपमा स्थापित सैफ अली खान र अमृता सिंहको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आफूभन्दा १० वर्ष जेठी अमृताको प्रेममा पागल भएका सैफले अन्ततः अमृतासँग विवाह गरेरै छाडे । एकअर्कासँग निकै मिलनसार र हाँसी खुशी रहेको यो जोडीको वैवाहिक जीवन भने अन्तसम्म चल्न सकेन र १३ वर्षपछि सम्बन्धविच्छेद नै गरे । सम्बन्धविच्छेदपछि सैफले करीनासँग विवाह गरे भने अमृता एकल जीवन विताइरहेकी छिन् ।

यसैबीच, उनीहरुको एउटा भिडियो सामाजि सञ्जालमा भाइरल भएको छ । भिडियोमा अमृताले गीत गाइरहेकी छिन् र उनले गाएपछि खुशी भएका सैफले उनको गालामा चुम्बन गरेका छन् ।

यो भिडियो सिमी ग्रेवालको टक शोको हो । उनीहरु विवाहपछि उक्त कार्यक्रममा गएका थिए । जुन कार्यक्रममा अमृताले ‘तुम आ गए हो नूर आ गया है…’ बोलको गीत गाएकी छिन् ।

https://www.instagram.com/p/CAVC5ofjrPK/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय