काठमाडौँ, १६ असोज । यसपटक काठमाडौंमा खपत हुनेमध्ये ८५ प्रतिशत खसी भारतबाट आयात हुने व्यवसायीले बताएका छन् ।

गत वर्षको दसैँमा व्यवसायीले ३२ हजार खसी–बोका राजधानीमा बिक्री गरेका थिए । त्यसमध्ये २० हजार अर्थात् करिब दुईतिहाइ भारतीय खसी थिए । तर, यसपटक बढी भारतीय खसी–बोका खपत हुने अनुमान गरिएको छ ।

खाद्य संस्थानले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको मूल्य शनिबार तय गरेको छ । संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठका अनुसार २५ किलोभन्दा बढी तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ५० रुपैयाँ निर्धारण गरिएको छ।

‘२५ किलोभन्दा कम तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने । त्यस्तै संस्थानले च्यांग्राको मूल्य ६ सय ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरेको उनले जानकारी दिए । संस्थानले मुस्ताङबाट च्यांग्रा ल्याएको छ ।
शनिबार सात सय ४० च्यांग्रा आएको संस्थानका वरिष्ठ सहायक केदार कार्कीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah