हिन्दी सिनेमाका उदाउँदा नायक शुशान्त सिंह राजपूतले ३४ वर्षको उमेरमा आफ्नो घरमा आत्महत्या गरेर संसारबाट विदाई भए । उनले यस्तो ठूलो कदम किन उठाए ? यो प्रश्न अनुत्तरित छ । उनको आत्महत्याको खबरले भारतमा मात्र होइन नेपालमा पनि धेरैलाई स्तब्ध बनायो ।

उनी सरल र मिजासिला स्वाभावका थिए । उनको जन्म सन् १९८६ मा बिहारको मल्दिहा गाउँमा भएको थियो । विहारको सानो गाउँमा जन्मेर पनि बलिउडमा ठूलो यात्रा तय गर्नु उनका लागि कठिन थियो । उनी मेहेनेती थिए । राजपूतका पिता एक अवकाशप्राप्त सरकारी अधिकारी हुन् । उनकी आमाको २००२ मै निधन भएको थियो । उनी आफ्नो परिवारमा सबैभन्दा कान्छा थिए ।

उनका ४ दिदीमध्ये एकजनाको निधन भइसकेको छ । उनले आफ्नी आमालाई नै याद गर्ने गर्थे । आत्महत्या गर्नुभन्दा पहिला पनि उनले आफ्नी आमाकै बारेमा सामाजिक सञ्जालमा लेखेका थिए ।

सुशान्तले पटनाबाट स्कूलको शिक्षा हासिल गरेका थिए । त्यसपछि उनी दिल्लीस्थित टेक्निकल युनिभर्सिटीमा भर्ना भए । तर उनले आफ्नो पढाइ नसक्दै बीचमै छोडे । टेलिभिजनको दुनियाँमा उनले २००८ मा ‘किस देशमे है मेरा दिल’बाट पाइला राखेका थिए । त्यसपछि उनी ‘पवित्र रिश्ता’मा मुख्य भूमिकामा आए । पवित्र रिश्ता धेरै नेपालीहरूको मनपर्दो सिरियल थियो ।

उनले पहिलो फिल्म काइपोचे हो । त्यसमा राम्रो अभिनय गरेका शुशान्तले त्यसपछि छिछोरेमा अभिनय गरे । त्यो बक्स अफिसमा हित भयो । उनले ‘धोनी – द अन्टोल्ड स्टोरी’मा गरेको अभिनयमार्फत विश्वभरका हिन्दीभाषीमा आफूलाई चिनाए ।

उनको अन्तिम रातमा उनीसँग केही साथीहरू पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै बताएका छन् । रातमा उनी सुत्नका लागि आफ्नो कोठामा गए । तर जब बिहान अबेरसम्म ढोका खुलेन, उनका साथीहरूले ढोका फोरेर भित्र गए । उनी पंखामा झुण्डिरहेको अवस्थामा भेटिए । -भारतीय सञ्चार माध्यमहरूको सहयोगमा, लोकान्तर बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah