३४ वर्षका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर फिल्म निर्माता मुकेश भट्टको एक टिप्पणीबारे केन्द्रीय मन्त्री बाबुल सुप्रियोले आक्रोश व्यक्त गरेका छन् । आइतबार मुकेश भट्टले एक टेलिभिजन न्यूज च्यानल टाइम्स नाउसँग कुराकानी गर्दै सुशान्तलाई लिएर उनलाई पहिले नै आत्महत्या गर्न सक्ने आशंका रहेको बताएका छन् । उनले कार्यक्रममा सुशान्तलाई ‘बेचैन आत्मा’ पनि भनेका छन् ।

मुकेश भट्टले सुशान्तको आत्महत्यालाई लिएर आफू आश्चर्यचकित नभएको बताउँदै यसबारे आफूलाई पहिले नै आशंका रहेको जिकिर गरेका छन् । उनले आफ्नो भाइ तथा चलचित्र निर्माता महेश भट्टलाई पनि ‘यो केटा परवीन बाबीको बाटोमा अघि बढिरहेको’ कुरा भनेको पनि बताएका छन् ।

मुकेशका अनुसार सन् २०१२ मा आशिकी–२ तथा सडक–२ को बारेमा छलफल गर्न सुशान्त उनको अफिसमा आएका थिए । तर, छलफल सकारात्मक हुन सकेको थिएन ।

मुकेशले भने, ‘तब सुशान्त हाम्रो कम्पनीसँग काम गर्नका लागि निकै उत्साहित थिए । तर, कामको मितिलाई लिएर सहमति हुन सकेन । जब मैले सडक–२ बनाउने सोचे तब आलियाले पनि सुशान्तसँग काम गर्ने इच्छा व्यक्त गरिन् । त्यसको लागि सुशान्त फेरि एक पटक अफिस आएका थिए । त्यतिबेला सुशान्तसँग चलचित्र र जीवनको बारेमा धेरै बेर कुराकानी भएको थियो । त्यही कुराकानीको दौरान मलाई सुशान्त बेचैन आत्मा रहेको आभास भयो । मैले सुशान्तलाई हेरौँ कसरी अगाडि बढ्न सकिन्छ भनेर भनेको थिएँ । तर, त्यसमा पनि कुरा मिलेन । सुशान्त मलाई अस्थिर केटा लागेको थियो ।’

मुकेशले भने, ‘मैले करियरको सुरुवातमा परवीन बाबीसँग काम गरेको थिएँ । परवीन बाबी स्कीजोफ्रेनियाबाट पीडित थिइन् । जब मैले सुशान्तसँग भेटे मलाई लाग्यो कि ऊ पनि परवीन बाबीको बाटोमा अघि बढ्दै छन् । मैले यो पनि थाहा पाएँ कि ऊ मानसिक स्वास्थ्यलाई लिएर डाक्टरहरुको सम्पर्कमा थियो । मसँग उसको दुई–तीन पटक भेट भयो र मलाई ऊ अस्थिर लाग्यो । मैले उसलाई के तिमी ठीक छौ भनेर सोधेको पनि थिएँ । उसले सर सबै ठीक छ भनेर भनेको थियो ।’

मुकेश भट्टको कुराकानीको यो अंशको भिडियो रिट्वीट गर्दै मन्त्री बाबुल सुप्रियोले लेखेका छन्, ‘मुकेश भट्टी जी तपाईंको यो कुरा सुनेर म व्यथित छु । तपाईं मेरो मित्र हुनुहुन्छ तर तपाईं यति सजिलै कसरी भन्न सक्दै हुनुहुन्छ कि तपाईंलाई यो थाहा थियो र तपाईंलाई आश्चर्य भइरहेको छैन । तपाईंले व्यवसायिक कारणले सुशान्तलाई सडक–२ र आशिकी–२ मा अवसर दिनसक्नुभएन तर यो दुःखको कुरा छ कि तपाईं उसको पिताको उमेरको हुनुहुन्छ तर तपाईंले उसको मद्दत गर्नुभएन ।’

हेयर स्टाइलिस्ट सपना भवनानीले ट्वीटरमा सुशान्त, महेन्द्रसिंह धोनी र आफ्नो तस्वीर पोष्ट गर्दै लेखेकी छिन् कि सुशान्त समस्यासँग जुधिरहेका थिए । उनले लेखेकी छिन्, ‘यो कसैसँग लुकेको थिएन कि सुशान्त पछिल्लो केही वर्षदेखि अप्ठ्यारो समयबाट गुज्रिरहेका थिए । तर, सुशान्तको साथ कसैले पनि दिएनन् । मद्दतका लागि कोही पनि आएनन् । आज जो कोही पनि ट्वीट गरेर दुःख जताइरहेकोले देखाउँछ कि यो उद्योग कति रित्तो छ । यहाँ कोही पनि तपाईंको मित्र छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah