सुशान्त सिंह राजपूत एक्ला छोरा थिए । नेपाल र भारतीय समाजमा छोराको महत्व उस्तै उस्तै छ । सुशान्तको मृत्युले उनको परिवारलाई जति पीडा लिएको छ, त्यसबाट परिवारका सदस्य कहिले पनि बाहिर निस्कने सक्ने छैनन् । सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गरेका छन् ।

निकै भाकल गरेपछि जन्मिएको थिए सुशान्तः

सुशान्तका पिताले बलिउड तड्कालाई दिएको अन्तरवार्तामा सुशान्त अत्यधिक भाकल गरेपछि जन्मिएको जानकारी दिए । सुशान्तलाई उनी भगवानको उपहार मान्दथे । उनले भने, ‘धेरै भाकल गरेपछि जन्मिएको थियो । तीन वर्ष भाकल गरेको थिएँ, उसको लागि । चार छोरी र एक छोरा । र जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।’

सुशान्तका पिताका अनुसार सन् २००२ मा उनकी श्रीमतीको मृत्यु भएपछि छोरा आध्यामिक भएका थिए ।

पहिला सबैकुरा भन्यो, अन्तिममा केहि पनि भनेनः

सुशान्तले आफ्नो समस्याबारे कुराकानी गर्थे कि गर्थेनन् भन्ने प्रश्नको जवाफमा उनका पिताले भने, ‘अन्तिम दिनतिर के भयो हामीलाई थाहा छेन । सुशान्तले हामीसँग यसबारे केहि भन्दैनथ्यो । हामी पनि फिल्म इन्डष्ट्रिबाट निकै टाढा हुन्थ्यौं । हामीलाई चमक–दमक मन पर्दैनँ ।’

उनले थपे, ‘सुशान्तले बिहारका लागि धेरै थरी गर्ने सोच बनाएको थियो । बिहारका मानिसहरुलाई मद्दत गर्नका लागि ऊ धेरै कुरा गर्न चाहन्थ्यो तर समय पाउन सकेन । सुशान्तले चन्द्रमामा जग्गा किनेको थियो । जग्गा हेर्नका लागि उसले ५५ लाखको टेलिस्कोप खरिद गरेको थियो । उसले त्यो टेलिस्कोपबाट आफ्नो जग्गा हेरिरहन्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah