तुलसीप्रसाद निरौला,
बिर्तामोड। हिन्दू नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो ।

तीज नजिकिएसंगै अहिले बजारमा धमाधम तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । यही भीडमा आरवी थापाको शब्द संगीतमा गायिका सम्झना पाण्डेको स्वरमा नयाँ गीत ‘ होई शिवजी होई होई मलाई पनि मिलाइदेउ महादेव तिमी जस्तो पोई ’ सार्वजनिक भएको छ ।
क्षितिज नाट्य समूह झापाको प्रस्तुति रहेको गीतको म्यूजिक भिडियो ओयसआर डिजीटल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको मुख्य भूमिकामा सविता रेग्मी र मुना प्रसाईंले अभिनय गरेका छन् । गीतमा अविवाहित महिलाले महादेव जस्तै सुयोग्य वर पाउनका लागि तीजको व्रत बस्ने गरेको चलनलाई चित्रण गरिएको छ । विशेषतः तीजमा विवाहित महिलाले श्रीमान्को अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि,दीर्घायुको कामनाका लागि तीज व्रत बस्ने गरेको भएपनि अविवाहित महिलाले महादेव जस्तै सुयोग्य वर पाउनका लागि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको र त्यसैलाई आत्मसात गर्न गीतमार्फत् आव्हान गरिएको छ ।

गीतले सामाजिक चेतना जगाउने र गीतमा प्रयोग गरिएको ठेट नेपाली शव्दले नेपाली समाजको यथार्थ चित्रण गरेको छ । र श्रीगणेश शर्माको निर्देशन र कोरियोग्राफी , आदेश गुर्माछानेको एरेञ्ज , सन्तोष रानामगर ,दिपक गौतम ,उज्ज्वल रानामगरको छायांकन, पदम तामाङको मेकअप , सन्तोष रानामगरको सम्पादनमा तयार गरिएको गितलाई हार्मोनी रेकर्डिङ स्टुडियो काठमाण्डौ र यमन इन्टरटेन्टमेन्टका तारावीर पाण्डेले गीतको अडियो निकालेका छन् ।

वीयसवी इन्टरटेन्टमेन्टको पोष्ट प्रोडक्सन रहेको गीतमा माधव कल्पित , माधव सिटौला , मनोज निरौला , राजु खरेल , गजेन्द्र खतिवडा, माधव भेटवाल लगाएतको अभिनय रहेको छ । त्यस्तै माया सिटौला , गीता ढुंगेल , भूमिका पाण्डे, सुस्मिता पाण्डे, अञ्जलि थेवे, सीमा दर्नाल, समिक्षा माझी, पुजा भट्टराई, सपना योगी, विपना योगीलगायतको पनि गीतमा अभिनय देख्न सकिन्छ ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण सहयोगार्थ तीजको गीत र म्यूजिक भिडियो गरिएको क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पितले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah