काठमाडौँ । लामो समयदेखि मोडलिङमा संघर्षरत मोडल कसिस दाहालको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आधा दर्जन चलचित्र र तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी कसिसलाई र भूपेशसिंह ठकुरीले अभिनयमा साथ दिएका छन् ।

लेखक राज सरगमको शब्द रहेको ‘मेरो छाति धड्कियोस’ बोलको गीतलाई संगीतकार विपिन आचार्यले कम्पोज एरेन्ज तथा मिक्सिङ गरेका छन । गायक प्रमोद खरेलको स्वर रहेको गीतलाई नरेश चैसिरले खिचेका छन् ।

काठमाडौँ र ललिपुरको लोकेशनमा खिचिएिको गीतलाई नारायण ठकुरीले निर्देशन गरेका छन् । भिडियो साइराम पिक्चरबाट सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय