काठमाडौं । नायिका पूजा शर्माले टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै कडा आक्रोश पोख्नुभएको छ । फेसबुकमा स्टाटस लेख्दै शर्माले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताउनु भएको हो ।

चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गर्नुभएको थियो । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ । धेरैले पत्रकार सुवेदीको कटु आलोचना गरिरहेका छन् । राष्ट्रिय टेलिभिजनबाट सुवेदीले बोलेका शब्दहरु यस्ता थिए– ‘इन्टरभ्यू दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनुपर्ने, त्यो पनि मिलाइमिलाई ‘महानायिका बनाइदिनुपर्ने‘ त्यो पनि दारा निस्केको अनुहारलाई‘ कति हाँस्नु ।’

यसरी नायिकाको अनुहारलाई लिएर मजाक गरेपछि सुवेदी आलोचनामा परेका हुन् । सुवेदीले नायिकाको नाम नलिए पनि उनको टिप्पणी पूजाप्रति लक्षित रहेको बुझ्न कठिन छैन । आफूले अन्तरवार्ताको सो अंश सम्पादन गर्न आग्रह गर्दा सुवेदीले नमानेको पूजाको भनाइ छ । ‘अन्तरवार्तामा बोलाइयो, गएँ । सामान्य ज्ञानसँग सम्वन्धित प्रश्न सोधियो । इन्टरभ्यू चल्दाचल्दै मैले उहाँलाई मैले राम्रो गर्न सकिनँ, प्लिज यो काटिदिनुस् भनेँ । तर, मान्नुभएन,’ पुजाले भन्नुभएको छ ।

उक्त घटना भर्खरै सेलाएको बेला सुवेदीले फेरि आफूलाई अन्तरवार्ताका लागि बोलाएको जानकारी दिँदै पूजाले लेख्नुभएको छ, ‘प्रकाशजीले फेरि मलाई इन्टरभ्यूमा आऊ पूजा भनेर भन्नुभो । म मानसिक तनाव झेलिरहेको थिएँ । अब फेरि पुरानो गल्ति कसरी गर्न सक्थेँ रु म त्रसित पनि थिएँ । त्यसैले मैले सरी दाई म आउन सक्दिनँ भनेँ । तर, त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर ‘दारा निस्केको महानायिका भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसुर छोड्नुभएन ।’

पुजाले थप लेख्नुभएको छ, ‘के पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ रु पत्रकारले गर्न सक्ला मानौं, के टेलिभिजनमा यस्ता असभ्य कुराहरु सम्पादन गर्ने कुनै निकाय छैन ? हरेक ट्रोलको शिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन नै रहनुपर्ने ? अहिले आएर उहाँले मैले कसैको नाम तोकेको छैन भनेर पन्छिन मिल्छ ? यो ढंगको प्रस्तुतीकरणले के पत्रकारिताको इज्जत बढ्छ ?’ जनता टाइम्स बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah