बलिउडमा अनेकन विवाद आइरहन्छन् । ती विवादमध्ये एमएमएस काण्ड पनि एक हो।
टिभी क्षेत्रकीअभिनेत्री मोना सिंह एक न्युड एमएमएसका कारण एक समय चर्चामा छाएकी थिइन्। उनले पठाएको एमएमएस लिक भएलगत्तै भाइरल भएको थियो। चर्चा तथा आलोचना दुबै हुन थालेपछि मोनाले एमएमएस आफ्नो नभएको दाबी गरेकी थिइन्।
यस्तै बिना मलिक पनि कयौं पटक विवादमा फसेकी अभिनेत्री हुन्। उनको अभिनेता रन्जा बर्मासँगको एक भिडियो लिक भएको थियो, जुन तुरुन्त भाइरल भयो।
अभिनेत्री प्रीति जिन्टा पनि एमएमएस काण्डमा फसेकी थिइन्। उनले नुहाइरहेको एउटा भिडियो लिक भएको थियो।
बलिउड अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खान पनि एक एमएमएसमा फसेकी थिइन् । एक समय उनी पार्लर मेकअप गराउन कपडा उतार्दै थिइन् जुन भिडियो लिक भएको थियो।
एक विदेशी नागरिकका साथ मल्लिका शेरावतको इन्टिमेन्ट भिडियो लिक भएको थियो । पछि थाहा भयो कि भिडियोमा उनी झै देखिने एक महिला थिइन् ।
दबंग गर्ल सोनाक्षी सिन्ह्वाको पनि एक इन्टिमेन्ट भिडियोले बलिउडमा हल्लीखल्ली मच्चियो। पछि भिडियो फेक भएको पुष्टि भयो। भिडियो सोनाक्षीको इमेज खराब गर्न निर्माण भएको पाइयो।
२०१४ तिर अभिनेत्री कट्रिना कैफको करियर उचाईमा थियो। सो समय उनको एक एमएमएस चर्चामा आयो। एमएमएस देखेर उनका फ्यान तथा बलिउड उद्योगका सबै हैरानीमा परे। एक निर्मातासँग यौनसम्बन्ध स्थापित गरिरहेको उक्त एमएमएस झुटो भएको उनले दाबी गरेकी थिइन्।
करिना कपूर र शाहिदको प्रेमकथा कसैबाट पनि लुकेको छैन। यी दुईले एक रेष्टुरेन्टमा लिपलक गर्दै गरेको भिडियोले पूरै चलचित्र उद्योग हल्लिएको थियो।



