काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार भएकोमा चिन्ता ब्यक्त गरेकी छन् । उनले केही दिनअगाडि एक सञ्चार माध्यमले विवाह अगाडि बिग्रिएकी अभिनेत्री प्रियंका कार्की विवाहपछि संस्कारी भएको आसयको समाचार प्रकाशन गरेपछि उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै उनले फेसबुकमा लामो स्टाटस् समेत पोष्ट गरेकी छन् ।

‘के तपाईका छोरी चेली संस्कारी छन् । छैनन् ? बिहे गरिदिनुस् । शरिर ढाकिदिनुस् । चुलो चौको गरेर शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्’ उनी थप्छिन् ‘सपना नदेखाउनुस् । करियर र एम्बिसन जस्ता कुरामा नअल्झाउनुस् । चुलो धान्ने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ । बिहे नटिके समाजले कुसंस्कारी भन्छ फेरि ।’

उनले स्टाटसमा भनेकी छन्– ‘केही समययता महिला कलाकार साँधुरो मानसिकताको शिकार हुँदै गएकोमा चिन्ता त लाग्छ नै । एक किसिमको डर पनि लाग्छ ।’ कहिले बिक्ने समाचारको नाममा र कहिले हिजो आएको कलाकार हेप्ने भन्दै समाजलाई मिडियाले महिला कलाकार तर्फ नकारात्मक बनाएको समय उनले आरोप लगाएकी छन् ।

उनले हामीमा सामाजिक उत्तरदायित्व सकिएकै हो त ? भनेर समेत प्रश्न गरेकी छन् । ‘आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ । के महिला कलाकार सम्मानका लायक छैनन् ?’ उनी प्रश्न गर्दै अगाडि लेख्छिन् ‘के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सीमित छौँ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv