सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआई अनुसन्धानका बीच नायिका रिया चक्रवर्तीले भारतीय च्यानललाई अन्तरवार्ता दिएकी छिन् । यतिबेला उनले सुशान्तको मोबाइल नम्बर ब्लक गरेको स्विकार गरिन् । नायिकालाई विश्वास गर्ने हो भने उनले यो कदम रिसले उठाएकी हुन् । रियाले ८ जूनमा सुशान्तको घर छोडेकी थिइन् । रियाका अनुसार सुशान्तले एकपटक पनि रोक्ने कोसिस गरेनन् र उनलाई एक पटक पनि फोन गरेका थिएनन् ।

९ जूनमा सुशान्तको मेसेज आएको थियोः

आजतकसँगको कुराकानीमा रियाले भनिन्, ‘उनले मलाई ९ जूनमा मेसेज गरेका थिए जसमा लेखिएको थियो ‘कस्तो छौ मेरी बेबू ? ’ (सुशान्तले रियालाई मायाले बेबू भन्थे) तर सुशान्तले आफ्नो जीवनमा रियालाई नचाहेको कुरा थाहा पाएर आहत थिएँ । उसलाई राम्रोसँग थाहा थियो म बिरामी थिएँ भनेर । ८ जूनमा उनले मलाई सम्पर्क गर्ने कोसिस गरेनन् । ९ जूनमा मैले उनलाई ब्लक गरिदिएँ । मेरा अभिभावकलाई यसबारे थाहा थिएन तर उनी मेरो भाइसँग सम्पर्कमा थिए ।’

‘यदि उसले मलाई सम्पर्क गरेको भए वा यदि मलाई यस्तो होला भन्ने अलिकति मात्रै शंका लागेको भए म उनी भए ठाउँ जान्थेँ । मलाई के भएको थियो थाहा छैन । म पनि यो सबै जान्न चाहन्छु । उनकी दिदी मीतू ८ देखि १२ जूनसम्म त्यहाँ नै थिइन् । उनले किन बताउँदिनन् आखिर के भएको थियो ?’

खबर पाउँदा सोचेँ, यस्तो अफवाह कसरी आउन सक्छ ?

रिया भन्छिन्, ‘१४ जून दिउँसो करिब २ बजे म आफ्नो भाइसँग कोठामा बसिरहेकी थिएँ । त्यतिबेला मलाई एक साथीले फोन गरेर यस्तो अफवाह आइरहेको छ भनिन् । उनले मलाई यस्तो अफवाहमा विराम लगाइदिन भनिन् । उनलाई थाहा थिएन कि म आफ्नो घरमा छु । उनले मलाई सुशान्तलाई एक वक्तव्य जारी गर्न अह्राउ भन्दै सुझाइन् । त्यतिबेला मैले सोचेँ कि यस्तो आफवाह कसरी आउन सक्छ ? १०–१५ मिनेटमा सबैकुरा स्पष्ट भइसकेको थियो ।

तरपनि सुशान्तको घरमा गइनन् रियाः

रियाका अनुसार सुशान्तको मृत्युको खबर सुनेपछि पनि उनी उनको घरमा गइनन् । उनले भनिन्, ‘म पूर्ण रुपमा टुटिसकेकी थिएँ । शोकमा थिएँ । यस्तो कसरी हुनसक्छ भनेर मैले सोच्न सकिनँ । अन्तिम संस्कारमा जानेहरुको सूचीमा मेरो नाम छैन भनियो । उद्योगका नै जुन व्यक्तिहरुको नाम थियो उनीहरुले नै मेरो नाम नभएको बताए । म जान पनि सक्दिनथेँ । उनीहरु (सुशान्तका परिवार)ले मलाई त्यहाँ चाहँदैनथे ।’

उनले थपिन्, ‘उद्योगका केही मानिसहरुले मलाई फोन गरे त कतिले घरमा नै आएर मलाई त्यहाँ नजान सुझाए । उनीहरुले त्यहाँ मेरो अपमान गरिने बताए । तिम्रो मानसिक स्थिती ठिक छैन भने । त्यसपछि मेरा दुईजना साथीले सुशान्तको शवलाई हेर्नैपर्ने बताए । यसो नगरे मैले यो सत्यलाई स्विकार गर्न नसक्ने उनीहरुले बताए । ’

त्यसपछि शव देख्नेबित्तिकै भनिन्, ‘सरी बाबू’

रियाले सुशान्तको शव देख्ने बित्तिकै भनेकी थिइन्, ‘सरी बाबू ।’ । यसको कारण बताउँदै उनले भनिन्, ‘हो, यस्तो अवस्थामा ती व्यक्तिलाई कसले के भन्छ, जसले आफ्नो ज्यान गुमाइसकेका छन् ? आइ एम सरी कि तपाईंले आफ्नो जीवन गुमाउनुभयो र आज आइ एम सरी कि तपाईंको मृत्युलाई एक मजाक बनाइएको छ । मलाई खेद छ कि तपाईंको अन्तिम यादको रुपमा तपाईंको राम्रो काम, तपाईंको बुद्धिमत्ता र तपाईंको च्यारिटीलाई याद गरिनेछैन । मलाई खेद छ कि सबैले तपाईंको मृत्युलाई एक मजाक बनाएका छन् र मलाई खेद छ कि तपाईंले आफ्नो जीवन गमाउनुभयो । यदि यसलाई पनि गलत अर्थमा लिइन्छ भने के भन्ने ?’

शवगृहमा ३–४ सेकेन्डसम्म मात्रै बसेकी थिइन्ः

शवगृह भित्र बसेको बारे रियाले भनिन्, ‘सायद ३–४ सेकेन्डका लागि बसेकी थिएँ । मलाई बाहिर प्रतिक्षा गर्न भनिएको थियो । मेरा साथीले कसैलाई एक पटक शव हेर्न चाहन्छौं भनेर आग्रह गरेको थियो । ती व्यक्तिले पोस्टमार्टम समाप्त भएपछि र शवलाई अन्तिम संस्कारका लागि भ्यानमा लैजादैं गरेको समयमा हेर्न सकिने बताए । जब त्यहाँबाट भ्यानमा राख्न शव निकालियो तब मैले शवलाई ३–४ सेकेन्डको लागि हेरेको थिएँ र उनलाई सरी भनेको थिएँ । त्यतिबेला मैले सम्मानको रुपमा उनको खुट्टा पनि छोएकी थिएँ । भारतीय भएको नाताले सबैले बुझ्न सक्छन् कि कोही व्यक्तिले कसैको खुट्टा किन छुन्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah