काठमाडौं । अभिनेत्री कंगाना रनौट बोल्ड अभिव्यक्ति र सशक्त अभिनय विशेषगरी पछिल्लो समय महिला केन्द्रित चलचित्रमा निभाएको अभिनयका चर्चित छिन् । हरेक समसामयिक विषयमा निर्धक्क अभिव्यक्ति दिने उनको बानीका कारण कहिलेकाहीं विवाद र ट्रोलको सिकार पनि भइरहन्छिन् ।

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि कंगना दैनिकजसो सञ्चारमाध्यमको हेडलाइन बन्न थालेकी छिन् । सामाजिक सञ्जाल (ट्‌विटर) मा उनलाई समर्थन र विरोध गर्नेहरुको संख्या दिनानुदिन बढ्न थालेको छ । सुशान्तको मृत्यु प्रकरणमा नेपोटिजम र आउटसाइडरको सिकार बनाएर जबरजस्ती त्यो कदम उठाउन बाध्य बनाएको भन्दै बलिउडमा व्याप्त नेपोटिजम, ग्रुपिजम, स्टारकिड, बलिउड माफियाबारे सामाजिक सञ्जालमा भनाइ अभिव्यक्त गर्ने कंगना पहिलो बलिउड कलाकार पनि हुन् ।

सुशान्तको मृत्यु प्रकरणपछि आजसम्म पनि उनी सुशान्त र उनको परिवारले न्याय पाउनुपर्ने पक्षमा निरन्तर आवाज उठाइरहेकी छिन् । हिमाञ्चल प्रदेशकी उनले बलिउडमा आफ्नो अभिनय र निडर स्वभावकै कारण सफलता चुमेकी हुन् ।

उनै आउटसाइडर अभिनेत्री कंगनाले बलिउडमा इनसाइडर र आउटसाइडरबीच व्याप्त भेदभावबारे पनि बोलेकी छिन् । जसमा उनले आउटसाइडर अभिनेत्रीहरु तापसी पन्नु, स्वरा भाष्कर, आयुष्मान खुराना चाप्लुस गरेर काम पाइरहेको भन्दै उनी जस्तो आउटसाइडरको सहयोगका लागि लडिरहेकी अभिनेत्रीलाई साथ नदिएको आरोप लगाएपछि यी ३ अभिनेत्रीबीच सामाजिक सञ्जालमै वाकयुद्ध चलेको थियो ।

केही साताअघि मात्रै आफ्नै एकाउन्ट बनाएर माइक्रो ब्लगिङ ट्विटरमा भित्रिएकी कंगना यसमा निकै सक्रिय छिन् । सुशान्तको मृत्यु प्रकरणपछि अहिलेसम्म कंगनाले दिएका विवादित अभिव्यक्तिबारे यहाँ चर्चा गरिएको छ :

कंगनालाई हिमाञ्चल प्रदेश सरकारको सुरक्षा
अभिनेत्री कंगना रनौटलाई उनको जन्मभूमि हिमाञ्चल प्रदेशले सुरक्षा प्रदान गर्ने भएको छ । केहीदिन अघि मात्रै कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेपश्चात कंगनाविरुद्ध मुम्बई नआउन अभियानै चलेको छ ।

उनले मुम्बईमा आफू सुरक्षित महसुस गर्न नसकेको र मुम्बई प्रहरीमा विश्वास गर्न नसकेको बताएकी थिइन्। उनले यो अभिव्यक्ति सुशान्त र उनको परिवारले कैयौंपटक सुशान्त असुरक्षित भएको भन्दै मुम्बई प्रहरीमा उजुरी गर्दा पनि मुम्बई प्रहरीले उजुरी दर्ता नगरेको खबर बाहिरीएपश्चात यसो भनेकी हुन् ।

कंगनाको यो तुलनापछि महाराष्ट्रका सांसद सञ्जय राउतबीच यही बयानलाई लिएर युद्ध चलेको छ । उनीहरुबीच विवाद यतिसम्म चर्किएको छ कि सांसद राउतले कंगनालाई मुम्बई नआउन धम्कीसमेत दिए । राउतले सञ्चारमाध्यममै यसरी धम्की दिएपश्चात कंगनाले मुम्बईलाई पाकिस्तानले कास्मिरलाई कब्जा गरेकोसँग तुलना गर्दै मुम्बईमा स्वतन्त्रता भित्रिएको महसुस नभएको भन्दै ट्विट गरेकी थिइन् ।

राउतको यो धम्कीमा निडर अभिनेत्री कंगनाले पनि चुनौती दिँदै ९ सेप्टेम्बर (बुधबार) मुम्बई आउने चेतावनी दिएकी छिन् । उनले कसैको हिम्मत छ भने उनलाई रोकेर देखाउन पनि चुनौती दिएकी छिन् । उनी लकडाउनभएदेखि आफ्नो जन्मभूमि हिमाञ्चल प्रदेशमा छिन् ।

कंगनाको मुम्बई जाने निर्णयसँगै उनकी बहिनी र बुबाले हिमाञ्चल सरकारसँग कंगनाको सुरक्षाको माग गरेकामा प्रदेश सरकारले कंगनालाई हिमाञ्चल प्रदेश र ९ सेप्टेम्बरमा मुम्बई जानेक्रममा पनि सुरक्षा प्रदान गर्न डीजीपीलाई आदेश दिइसकेको प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले जानकारी दिएका हुन् ।

ड्रग्स मामिलामा बलिउका अभिनेतालाई रगत परीक्षण गराउन अनुरोध
सुशान्तको मृत्यु प्रकरणमा ड्रग्सको कोणबाट पनि अनुसन्धान हुने भनिएपछि कंगनाले ट्विटरमार्फत बलिउडमा ए-ग्रेडका कलाकारहरुले पनि ड्रग्स सेवन गर्ने र बलिउडका कैयौं ठूलाठूला पार्टीमा यो सजिलै उपलब्ध हुने खुलासा गरेकी थिइन् ।
उनले यस विषयमा लगातार ट्विट गरेकी थिइन् । त्यसपछिको ट्विटमा, करियरको सुरुवातमा उनलाई पनि जबरजस्ती ड्रग्स सेवन गर्न लगाएको पनि बताएकी थिइन् ।

यही विषयमा उनको पछिल्लो ट्विटले कंगनालाई अझै विवादमा तानेको हो । जसमा उनले केही बलिउड कलाकारहरुको नाम उल्लेख गर्दै लेखेकी छिन्, “रणवीर सिंह, रणवीर कपुर, अयान मुखर्जी, विक्की कौशिकलाई ड्रग्स परीक्षणका लागि रगतको नमुना दिन अनुरोध गर्दछु । उनीहरुले कोकिन सेवन गर्छन् भन्ने हल्ला छ, म चाहन्छु कि रगत परीक्षण गराएर यो हल्लालाई उनीहरुले गलत प्रमाणित गरेर लाखौँ युवाको प्रेरणाको स्रोत बनिदिन आग्रह गर्दछु ।” भन्दै उनले भारतका प्रधानमन्त्रीलाई मेन्सन गरेकी छन् ।

नेपाटिजम, करण जोहर, फिल्म माफिया, सञ्चारमाध्यमको गलत प्रचार
अभिनेता सुशान्तको मृत्युको केहीदिनपछि कंगनाले बलिउड फिल्म उद्योग, इनसाइडर-आउटसाइडर र सञ्चारमाध्यमको गलत प्रचारबारे बोलेको एक भिडियो सार्वजनिक गरेकी थिइन् ।

भिडियोमा उनले बलिउडका चर्चित चलचित्र निर्देशक, निर्माता तथा कम्पनीहरुले मिलेर सुशान्तलाई बलिउडबाट निकाल्न खोजेको आरोप लगाएकी थिइन् । उनीहरुको यो काममा कति मिडियाले पनि सपोर्ट गरेको भन्दै मिडियाले सुशान्तबारे गलत तथा भ्रामक समाचारहरु सम्प्रेषण गरेको आरोप पनि लगाएकी थिइन् ।

साथै उनले निर्देशक करण जौहरको नाम उल्लेख गर्दै उनले आदित्य चोपडासँग मिलेर सुशान्तलगायत अन्य आउटसाइडर कलाकारहरुलाई भन्दा स्टारकिडलाई मौका दिएको आरोप लगाएकी थिइन् ।

कंगनाको यो भनाइप्रति पनि बलिउडभित्रै पक्ष र विपक्षमा उभिनेको भिड लागेको थियो । साथै उनको यो भनाइपछि यी विषयमा टिकाटिप्पणाी हुन थालेको थियो ।

सुशान्तको मुद्दामा सर्वोच्च अदालतले सीबीआईलाई अनुसन्धानको निर्देशन दिएसँगै कंगनाले दीपिका पादुकोण स्वयंले आफू मानसिक रोगको बिरामी भनेको स्वीकार्दा पनि कसैले उसलाई (साइको) नभनेको भन्दै सुशान्तजस्तो सानो सहर र नम्र परिवाबरबाट आएका कलाकारलाई भने मानसिक रोगी भन्दै उसको हत्यालाई लुकाउन खोजेको आरोप पनि लगाएकी थिइन् ।

मुम्बई प्रहरीसँग वाकयुद्ध
करिब ४/५ दिनअघि कंगना र मुम्बई प्रहरीबीच ट्विटरमा वाकयुद्ध चलेको थियो । कंगनाले आफूविरुद्ध भएको अपमानजनक ट्विटमा मुम्बई प्रहरी कमिसनर परमवीर सिंहले लाइक गरेको भन्दै कंगना भड्किएकी थिइन् ।

प्रहरी कमिसनर सिंहले सुशान्तको न्यायका लागि लडिरहेकी कलाकारमाथि सार्वजनिक रुपमा भएको ‘छेडछाड र बदनाम’लाई प्रोत्साहन गरेको आरोप कंगनाले लगाएकी थिइन् ।

यही सन्दर्भमा उनले के यस्तो वातारण भएको मुम्बईमा म सुरक्षित महसुस गन सक्छु त भन्‍ने प्रश्न गरेकी थिइन् । यद्यपि कंगनाको यो आरोपको खण्डन गर्दै मुम्बई प्रहरीले त्यस्तो ट्विट कहिले लाइक नगरेको बताएका थिए ।
०००
चलचित्र क्षेत्रभन्दा बाहिरी परिवारबाट आएर बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनि हरेक विषयमा आवाज उठाउने सम्भवतः उनी एक मात्रै अभिनेत्री हुन् । पछिल्लो समय महिला सशक्तीकरणका चलचित्रकी ‘हिरो’पात्र कंगनाले उनीसँग बलिउडका ए-ग्रेड अभिनेताहरु काम गर्न नमान्ने आरोप पनि लगाएकी थिइन् ।

उनका चलचित्रहरु हेर्ने हो भने कंगनाको यो आरोप गलत नभएको देखाउँछ । उनी मुख्य भूमिका रहेको कुनै पनि चलचित्रमा ए-ग्रेड अभिनेताहरु छैनन् पनि । यद्यपि कंगनाले आफू मुख्य भूमिकामा रहेका चलचित्र होस् या त अरु कलाकार मुख्य भूमिकामा रहेको चलचित्रमा साइड कलाकार भएर होस् अभिनयकै कारण थुप्रै अवार्ड प्राप्त गर्न सफल भइसकेकी छिन् ।

यही वर्ष मात्रै कंगनालाई भारतीय सरकारले पद्यश्री अर्वाडबाट सम्मानित गरेको थियो । साथै उनी फोर्ब्स म्याजजिनको भारतका १०० कलाकारहरुको सूचीभित्र ६ पटक आफ्नो स्थान जमाउन सफल भइसकेकी छिन् ।
०००
कंगना डाक्टर बन्ने सपना बुनेर हिमाञ्चल प्रदेशको भाम्बलाबाट १६ वर्षको उमेरमा दिल्ली आएकी थिइन् । तर दिल्ली आएसँगै उनको सपनाले बाटो मोड्यो र उनी मोडलिङमा लाग्‍न थालिन् । मोडलिङ गर्दा गर्दै उनले निर्देशक अरविन्द गौरको रंगमञ्चमा अभिनय सिक्न थालिन् ।

सन् २००६ मा ‘ग्याङस्टर’ चलचित्रबाट बलिउडमा डेब्यु गर्ने मौका पाएकी कंगनाले पहिलो चलचित्रबाटै ‘बेस्ट फिमेल डेब्यु’ विधामा फिल्म फेयर अवार्ड पाएकी थिइन् । पहिलो चलचित्रबाटै वाहवाही पाएकी कंगनाले त्यसपछि गरेका हरेक चलचित्रबाट पनि वाहवाही र अवार्ड पनि पाउँदै गइन् ।

सन् २०१५ मा आएको उनको चलचित्र ‘तन्नु वेड्स मन्नु’ महिला नेतृत्वमा भएको सबैभन्दा धेरै कमाइ गर्न सफल हिन्दी चलचित्र बनेको थियो । -एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah