काठमाडौं । सरकारले कोरोनाको कहरका कारण निषेधित गरेको धेरै क्षेत्र खुल्ला गरिसकेपनि मनोरन्जन क्षेत्र भने अझै खोलेको छैन । कलाकर्मी भने फिल्म मुर्हूत, म्युजिक भिडियो छायाँकन, टेलिश्रृंखला छायाँकन जस्ता गतिविधिमा धमाधम फर्किन थालेका छन् ।

तर, नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको चर्चित हाँस्यश्रृंखला ‘सक्किगो नि’ भने अझै प्रसारणमा आउन सकेको छैन । कोरोनाको कहरका कारण श्रृंखला छायाँकन गर्न नसकेर प्रसारण स्थगित भएको यो श्रृंखला कहिलेबाट आउने हो अझै अन्यौल रहेको छ ।

सरकारले मनोरन्जन क्षेत्र खोलेर सुटिङको अनुमति दिने बित्तिकै श्रृंखलाले निरन्तरता पाउने यसका दुई निर्देशक मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।
‘अहिले कोरोनाको कहर बढ्दो छ । हाम्रो युनिट पनि ठुलो छ’ घिमिरेले भने, ‘सरकारले सुटिङ लगायतका भिडभाड हुने गतिबिधि अझै नखेलेको कारण नयाँ श्रृंखला बनाउन सकिएन ।’

हरेक साता काभ्रेमा श्रृंखलाको सुटिङका गर्दै आएको यो युनिटले अहिलेको अवस्थामा पुरै सुटिङ युनिट सहित काभ्रे जाँदा स्थानीयको स्वास्थ्य माथि खेलबाड हुने देखेर पनि सुटिङ नगरिएको घिमिरेको भनाइ रहेको छ ।
सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, हरि निरौला, रक्षा श्रेष्ठ, सागर लम्साल (बले ) सिपी पुडासैनीलगायतको अभिनय रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah