सुशान्त सिंह राजपूतको मृत्युपछि पछिल्ला दिनहरूमा भारतीय फिल्म जगतमा लागूपदार्थ ड्रग्सको मुद्धा बाहिर आइरहेको छ ।
बलिउडका चर्चित अभिनेत्रीहरू ड्रग्स प्रकरणमा मुछिएका छन् ।
कन्ट्रोल ब्यूरोले रिया चक्रवर्तीलाई पक्राउ गरेपछि एकपछि अर्का अभिनेत्रीहरू यस मुद्धामा मुछिएका छन् ।
बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरमाथि अनुसन्धान चल्दैछ ।
यसै समयमा टिभी कलाकारमाथि पनि यस्तो आरोप लागेको छ ।
शुक्रवार अनुसन्धान ब्यूरोले टिभी कलाकार अभिनेता सनम जोहर र अबिगेल पाण्डेविरुद्ध लागुपदार्थ सेवनको आरोपमा मुद्धा दर्ता गरेको छ ।
मुम्बई एनसीबीले एनडीपीएसको धारा २० अन्तर्गत यो मुद्दा दर्ता गरेको छ ।
उनीहरूमाथि बिहीवार एनसीबीले अनुसन्धान गरेको थियो भने अघिल्लो दिन उनीहरूको घरमा छापा मारेको थियो ।
अहिले उनीहरूलाई पक्राउ भने नगरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



