काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँकन सुरु भएको हो ।काठमाडौबाट हेलिकप्टर चार्टर गरेर कालिञ्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको पे्रमकथामय गीत ‘कुन देश कि परी..’ बाट छायाँकन सुरु गरेको थियो । गीतको छायाँकन कालिञ्चोक आसपासका स्थानमा गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।

कालिञ्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकप्टर चार्टर गरेर फिल्म छायाँकन गर्न त्यहाँ पुगेको निर्देशक राजु लामाले बताए । ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै लाग्यो’ लामाले थपे । अभिनेत्री कविता रायले कालिञ्चोकको सौदर्यले आफु मोहित भएको बताइन् । पहिलो चोटी कालिञ्चोक पुगेकी कविताले भनिन्, ‘कालिञ्चोको सौदर्य बर्णन गरेर नसकिने छ ।’

दोलखाको अलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोट, कुलेखानी, हेटौंडा, पोखरा र काठमाडौंलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ । फिल्ममा बुद्धि तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, कविता राय, बाल कलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।

आरएल फिल्म इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको फिल्मले नचाहाँदा नचाहँदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कर्तब्यलाई विषयवस्तु बनाएको छ । फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।

फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिन, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किराँतीको द्वन्द्वन्द र रामेश्वर हुमागाईको छायाँकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । चलचित्रको वितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah