काठमाडौं, १३ जेठ । साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्‍यो।

मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे। तर, तिनै सुवास शुक्रबार अपरान्ह काठमाडौं आइपुगेको खबर आजको कान्तिपुर दैनिकमा देबेन्द्र भट्टराईले खबर लेखेका छन्।

अझ रोचक कुरा त जातीय रितअनासर उनलाई फेरि न्वारान र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ। सुवास जसोतसो जन्मभूमि आइपुगेका छन्। तर जातीय रितमा उनी ‘मरिसकेका’ छन्। उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारान गरिदैछ। अनि मोरङ लक्ष्मीमार्ग ल्याएर बिहे।

यति रित पुर्‍याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट्न दिइनेछ। करिब तीन वर्षअघि सुवास साउदीको जेद्दा नजिकै सडक दुर्घटनामा परेका थिए। दुर्घटनामा परेका अर्कैको शव सुवासको भन्दै नेपाल पठाइएको थियो। उनले भने त्यसपछि आफ्नो आगत विगत भुलेका थिए। ‘नसोचेकै कुरा भयो।

दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरेबीया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव नेपाल पठाएको थियो,’ विमानस्थलमा दाजु लिन आएका भाई अम्बर तामाङले भने,‘ शव क्षत विक्षत भएकाले पहिचानका लागि बढी खोजी गरिएन।

विश्वासको भरमा दाजुको अन्तिम संस्कार गरेका हौ।’ त्यतीबेलै वैदेशिक रोजगार प्रवर्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो।

९ जुलाई २०१५ मा ट्याक्सी दुर्घटनामा घटनास्थलमै तीन र भोलिपल्ट अस्पतालमा एक नेपालीको मृत्यु भएको थियो। एक कामदारको भने अनुहार चिनिनै नसकिने अवस्थामा अस्पतालमा उपचार भइरहेको थियो।

ती उपचार भइरहेका व्यक्ति ट्याक्सी चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने प्रारम्भीक रिपोर्ट भए पनि वास्तवमा तीनै सुवास रहेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah