मुम्बई : कंगना रनावतले जयललिताको जीवनमाथि बन्न लागेको आगामी फिल्म ‘थलाइवी’का लागि २० केजी तौल बढाएको बताएकी छन्। उनले ट्विट गर्दै भनेकी छन्, ‘मैले तौल बढाएकी थिएँ, यो फिल्मको छायांकन सकिँदै छ।

त्यसैले पहिलाको जस्तो शरीरको आकार, फूर्तिलोपन, मेटाबोलिज्म र लचकता पाउन जरुरी छ। छिट्टै उठ्ने र जगिङ जाने, को–को हुनुहुन्छ मसँग ?’ ११ अक्टोबरमा ‘थलाइवी’को सेटका केही तस्बिर पनि कंगनाले पोस्ट् गरेकी छन्।

तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘जया आमाको आशीर्वादले ‘थलाइवी–द रिभोलुस्नरी लिडर’को एउटा सेड्युल पूरा भएको छ। कोरोनापछि समय फरक भएको छ।
तर एक्सन कटभन्दा फरक हैन। टोलीलाई बधाई छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय