काठमाडौं, १८ असोज । दसैँ सुरु भएसँगै सवारीसाधनको चाप बढ्दा राजधानीमा जामको सकस बढेको छ । मुख्य चोक मात्र नभई चक्रपथ खण्डमा समेत जाम हुन थालेको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ– सामान्य अवस्थामै उपत्यकामा जामको समस्या हुने गथ्र्यो । पछिल्लो समय ३० प्रतिशत गाडी थपिएपछि समस्या झन् बढेको छ । ‘दसैँका लागि बुक भएका पाँच हजार गाडी थपिएका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, ‘किनमेलका लागि सबै गाडी बाहिर निस्किएकाले बजार क्षेत्रमा जाम बढेको हो ।’

न्युरोड र त्यस आसपासका सडकमा धेरै जाम हुने गरेको छ । पहिलेदेखि नै धेरै जाम हुने त्रिपुरेश्वर, टेकु सडकमा लामो समयसम्म गाडीहरू जाममा फस्ने गरेका छन् । त्यस्तै, थापाथली, माइतीघर र लैनचौर क्षेत्रमा धेरै जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘क्रसिङमा रोकिनु जाम होइन,’ डिआइजी अर्यालले भने, ‘त्यसबाहेक केही सडकखण्डमा १०–१५ मिनेट जाम हुने गरेको छ ।’ नयाँ गाडी थपिनु, बजारमा किनमेलको चहलपहल बढ्नु र दसैँका लागि उपत्यकाबाहिरका गाडी पनि भित्रँदा जाम बढेको हो ।

कुन कुन ठाउँमा हुन्छ धेरै जाम ?
न्युरोड र त्यस आसपासका सडकमा धेरै जाम हुने गरेको छ । त्रिपुरेश्वर, टेकु सडकमा पहिलेदेखि नै धेरै जाम हुने गरेको थियो । त्यस्तै, थापाथली, माइतीघर र लैनचौर क्षेत्रमा पनि धेरै जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ‘क्रसिङमा रोकिनु जाम होइन,’ डिआइजी अर्यालले भने, ‘त्यसबाहेक केही सडकखण्डमा १०–१५ मिनेट जाम हुने गरेको छ ।’ नयाँ गाडी थपिनु, बजारमा किनमेलको चहलपहल बढ्नु र दसैँका लागि उपत्यकाबाहिरका गाडी पनि भित्रँदा जाम बढेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय