अभिषेक बच्चन यतिबेला निकै व्यस्त छन् । उनको एकपछि अर्को गर्दै फिल्म आइरहेका छन् । आजकाल उनी आफ्नो नयाँ फिल्म ‘लूडो’ को प्रोमोशनमा व्यस्त छन् । उनको यो फिल्म दिवालीको मौकामा नेटफ्लिक्समा रिलिज हुँदैछ । यी सबका बीच उनी सोशल मिडियामा निकै सक्रिय देखिएका छन् । रोचक कुरा के हो भने उनी आजकाल ट्रोलर्सलाई जवाफ फर्काउने गर्छन् । उनले एकपटक पुनः त्यस्तै गरे ।

ट्रोलरले किसानसँग गरे तुलनाः

ट्वीटरमा एक ट्रोलरले एएनआईको फोटो प्रयोग गर्दै अभिषेक बच्चनलाई ट्रोल गर्ने कोसिस गरेका थिए । यसमा एक किसान देखिएका छन् । फोटोमा देखिएका व्यक्ति कताकता अभिषेक बच्चनजस्तै देखिन्छन् पनि । ट्रोलरले फोटो सेयर गर्दै लेखे, ‘यदि अभिषेक ‘बच्चन’ नभइदिएको भए ।’

अभिषेक बच्चनले जवाफ फर्काएः

यसमा अभिषेक बच्चनले जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘हाहाहा… रोचक, तर तिमीभन्दा राम्रो नै देखिएको छ ।’

अभिषेक बच्चनले ट्रोलरलाई जवाफ फर्काएको यो पहिलो घटना होइन । उनी समय–समयमा ट्रोलर्सलाई कडा जवाफ फर्काइरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah