काठमाडौं, १८ असोज । नेपाली कांग्रेसमा चर्का कुरा गर्ने स्वास्थ्य मन्त्री गगनकुमार थापा सानातिना सरुवामा पनि विवादमा तनिएका छन् । डन कुमार घैंटेलाई संरक्षण गरेको आरोपबाट मुक्त हुन नसकेका उनी स्वास्थ्य मन्त्रालयले गरेको आन्तरिक सरुवामा पनि पववादमा परेका छन् ।

दृष्टि साप्ताहिकमा खबर छ– यसअघि नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्री भएकाहरुले स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर मात्र काम गर्दै आएका थिए । गगन थापाले कांग्रेस निकट स्वास्थ्यकर्मी संघसँग सल्लाह गर्न खोज्दा पनि रकम संकलन गर्ने आसेपासेहरुले नदिएको स्वास्थ्यकर्मी संघका एक नेताले गुनासो गरे

उनले भने, मन्त्री थापालाई उनका सहयोगी कृष्ण रिजाल र प्रताप पौडेलले डुबाउने काम गरेका छन् ।

स्वास्थ्य मन्त्री थापाको सचिवालयमा नियुक्ति पाएका प्रताप पौडेल र कृष्ण रिजालहरुले मन्त्री थापाको नाममा आर्थिक संकलन गर्दै कर्मचारी सरुवा गरेको आरोप छ ।

मन्त्रालय अन्तर्गतको असोज १४ गते भएको प्रशासन समूहको सरुवामा स्वास्थ्यका कमाउ निकाय भनेर चिनिएका ठाउँमा खटाउनका लागि नगद बुझाउनेलाई स्वास्थ्य सेवा विभागमा ल्याइएको छ ।

प्रशासन समूहका शाखा अधिकृत १८, तथ्यांक अधिकृत ५, कम्प्युटर अधिकृत १ र नासु, टानासु र कम्प्युटर अप्रेटरको सरुवा गरिएको छ । अन्य सरुवामा पनि मन्त्री थापाका आसेपासेहरुले पैसा उठाइरहेको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्री थापाका पीए तथा धादिङ क्षेत्र नम्बर ३ का कांग्रेस अध्यक्ष कृष्ण रिजालले स्वास्थ्यकर्मी सरुवाको जिम्मा पाएका छन् । मन्त्री थापाका पीए प्रताप पौडेलले पौडेल थर भएका जति प्रशासनका सबैलाई स्वास्थ्य सेवा विभागमा ल्याउका छन् ।

उनले पर्वत जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत विष्णुप्रसाद पौडेल, मन्त्रालयका कुमारप्रसाद पौडेल, भरतपुर अस्पतालका कृष्णकुमार पौडेललाई स्वास्थ्य सेवा विभागमा सरुवा गराएका छन् ।

धवलागिरी अन्चल अस्पतालका शंकर थापालाई प्रताप पौडेलकै जोडमा तनहुँ जनस्वास्थ्य कार्यालयमा ल्याइएको छ । उनीहरुलाई विभाग अन्तर्गत घुस खाने ठाउँ खोजी खोजी पठाउन लागिएको छ । स्वास्थ्यसेवाका सरुवामा कृष्ण रिजालले आर्थिक लेनदेनको जिम्मा पाएका छन् ।

करिब १ हजार कर्मचारीको सरुवा कात्तिकमा हुँदैछ ।अहेब, नर्स डाक्टरदेखि क्षेत्रका प्रमुख र विभागीय प्रमुखसम्मको सरुवाका लागि मोलमोलाई गर्ने काम कृष्ण रिजालले आफ्नो बागबजारको कार्यालयमा गरिरहेको आरोप छ ।

आयुर्वेदतर्फका सरुवाको रकम उठाउने काम देवराज लामिछानेले गरेका छन् । देवराजलाई सहजीकरण गर्ने काम मन्त्री थापाका पीए शैलेश सिटौलाले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर