बिष्णुप्रसाद पोखरेल२०७३-०६-१८  दमक। इलाम चुलाचुलीका उमेश निरौलालाई पानी पर्न थालेपछि कहाँ र कस्को घरमा बस्ने भन्ने चिन्ताले सताउन शुरु गर्छ । पानी जति धेरै पर्छ त्यति मनमा चिन्ता बढ्दै जान्छ । अर्काको पसलमा ६ हजार तलवमा बस्नु भएका उहाँलाई कोठामा बस्दा खान पनि पुग्दैन यसकारण उहाँलाई घर जानुको बिकल्प पनि रहदैन ।
झापाको दमकसंग सिमा जोडिएको इलामको चुलाचुलीबासीको यो पीडा बर्षौदेखिको हो र अहिलेसम्म पनि पीडा उस्तै रहेको छ । दमक र चुलाचुलीको दुरी २ देखि किलोमिटरको रहेको छ तर आवतजावतमा समस्या भने धेरै ठूलो छ । निरौलाका अनुसार पानी परेपछि रतुवा खोला उर्लेर आउछ र खोला तर्न नसक्दा साथीभाइको घरमा त्यो नभए होटलमा बास बस्नु पर्ने बाध्यता रहेको हुन्छ । उहाँले भन्नुभयो–‘घरबाट दमक आउदा सजिलै खोलो तरेर आइएको हुन्छ, एकछिन पानी पर्यो भने जानै सकिदैन ।’
इलामले नदेखेको र झापाले नछोएको भनेर चिनिने चुलाचुलीका २५ हजारभन्दा बढि मानिसहरुको प्रमुख बजार तथा काम गर्ने थलो नै दमक हो । बिद्यालय र क्याम्पस पढ्न पनि दमक नै आउनु पर्छ । स्थानीय सामाजिक अगुवा तथा गाबिसका पूर्व अध्यक्ष ओमनारायण खनालका अनुसार आकाशमा बादल लागेको छ भने क्याम्पस तथा बिद्यालयमा स्थानीय कसैले पनि छोराछोरीलाई पठाउदैनन् । उहाँले भन्नुभयो–‘आकाशमा बादल देखियो र दिन धुम्मियो भने बिद्यार्थीहरु घरमा नै बस्नुपर्छ ।’
पानी पर्नु अघि बिहान तथा दिउसो क्याम्पस आएका बिद्यार्थीहरु कहिले काहि होटलमा त साथीहरुसंग नै बस्ने गरेको स्थानीयहरु बताउछन् । बिरामी पर्दा र सर्पले डस्दा दर्जनौको ज्यान गएको र आधादर्जनभन्दा बढिको बगाएर मृत्यु भएको पूर्व गाबिस अध्यक्ष खनाल बताउनु हुन्छ । आफूहरुले दूइदशकभन्दा अघि देखि यहाँ पुल बनाउनका लागि माग गरेपनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको पहलमा ४ महिना अघि पुल शिलन्यास भएपनि काम अघि बढ्न नसकेको बताइएको छ ।
झापाको दमक नेकपा एमालेका अध्यक्ष र पूर्व प्रधानमन्त्री समेत रहनु भएका झापा क्षेत्र न. ७ का साँसद केपी शर्मा ओली र इलामको चुलाचुली पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र हो । उहाँहरुले अहिलेसम्म भएका बिभिन्न निर्वाचनहरुमा यहाँ पुल बनाउने र आवतजावतमा सहजता ल्याउने प्रमुख मुद्धाको रुपमा नै उठाउनु भएको थियो । स्थानीयहरुले आफुहरुलाई बारम्बार आशा देखाइएको तर प्रतिबद्धता अहिलेसम्म पुरा नभएको गुनासो गर्ने गरेकाछन् ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाका अनुसार इलामको चुलाचुली दमकमा नै पूर्ण रुपमा आश्रित रहेकाले यहाँ पुल तत्काल आवश्यक रहेपनि बन्न नसक्नु दुर्भाग्य भएको बताउनु भयो । दमकको ब्यापार प्रवद्र्धन र त्यहाँ उत्पादन भएका सामाग्रिहरुको प्रमुख बजार पनि दमक भएकाले स्थानीयहरु ज्यान जोखिम मोलेर दमक आउदा धेरैको ज्यान गइसकेको खतिवडा बताउनु हुन्छ । उहाँले भन्नुभयो–‘हामी ब्यवसायि पनि यस बिषयमा चिन्तित भएर लागेका छौ र लाग्छौ ।’

जोखिम मोलेर मोटरसाइकलमा दमकबाट इलामको चुलाचुली तर्दै र साइकलमा चुलाचुलीबाट दमक आउदै स्थानीयहरु
तस्विर बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah