महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ। ६० वर्षीय म्याराडोनाको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा निधन भएको हो।

दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा उनकाे मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरिरहेका थिए।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए। उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए। उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए।

म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए। उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए।

म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय