बिगबोसको घरमा एक एक गर्दै सबै च्यालेन्जर्स भित्रिँदैछन् । राखी सावन्त भित्रिन बाँकी छ । अन्तिममा भित्रिने हालसम्म राहुल महाजन भएका छन् । शोमा राहुललाई एक दिनको राजा बनाइयो । त्यसबेला घरभित्रका सबैले आनन्द लिएको राहुलले बताएका छन् ।
हरियो खुर्सानीले स्वागत गरियो
राहुलको इन्ट्री एक ठूलो झुलामा भएको थियो । उनी राजर्सी ठाँटमा झुलामा बसेका थिए । राहुलले मनुलाई आफ्नो वजीर र एजाजलाई सेनापति बनाए । अर्शी खानले राहलको स्वागत हरियो खुर्सानलीले गरिन् । प्लेटभरी हरियो खुर्सानी राखेर राहुलको उनले आरती उतारेकी छन् ।
यहाँसम्म की अर्शीले राहुलाई भाँडा माझ्न पनि लगाएकी थिइन् । अर्शीले विभिन्न व्यङ्ग्य गर्दै राहुललाई मजाकको पात्रसमेत बनाइन् । यसका साथै राहुलले भने, ‘म विवाहित राजा हुँ । अर्शीलाई मबाट टाडा राख्नुहोस् ।’ सबैले राहुलको साथमा खुबै आनन्द लिएका छन् ।
विकास गुप्ताले राहुल महाजनको आडमा आफ्नो टास्क पनि पूरा गर्ने कोशिस गरिरहेका छन् । उनले राहुलसँग भने, ‘सबै घरका सदस्यलाई उठाउनुहोस् । तपाइँ बिहानसम्मको लागि मात्र राजा बन्नुभएको हो ।’
त्यसैमा विकास पनि थप्दै भन्छन्, ‘म सबैसँग गएर सोध्छु, राजाको शासनमा तपाइँ सबै खुसी हुनुहुन्छ कि नाई ?’ यसमा राहुलको जवाफ हुन्छ, ‘तिमलाई जे गर्न म छ गर ।’
बिग बोसले विकासलाई एक जिम्मेवारी दिएका छन् । जसमा सबै प्रतिस्पर्धीलाई सुत्न नदिनु हो ।



