बलिउडकी ग्ल्यामरस अभिनेत्री दिशा पाटनीको सुन्दर मुहार र छिनेको कम्मरले धेरैलाई आकर्षित गर्ने गरेको छ ।
उनले कठोर व्यायाम गरेर आफ्नो शरीर छरितो राख्ने गरेकी छन् ।
सामाजिक सञ्जालमा सक्रिय दिशाले आफ्ना कामुक तस्वीरहरू प्रायः राख्ने गरेको देखिन्छ ।
इन्स्टाग्राममा उनले राखेको ताजा तस्वीरले खुबै चर्चा कमाइरहेको छ । उनले गुलाबी रंगको बडीकन ड्रेस लगाएर हंगामा मच्चाएकी छन् ।
इन्स्टामा चार करोडभन्दा बढी फलोअर भएकी दिशाका तस्वीर प्रायः भाइरल भइरहेका हुन्छन् ।
दिशा पछिल्लोपटक फिल्म मलंगमा देखिएकी थिइन् । उनको आउँदो फिल्म राधे हो ।



