बलिउड नायक सोनू सूदले कोरोनाभाइरसका कारण लागू गरिएको लकडाउनपछि मजदुर र आवश्यकतामा परेकाहरुका अत्यधिक मद्दत गरिरहेका छन् । उनलाई मजदुरको भगवानसमेत भन्न थालिएको छ । पर्दामा धेरैजसो भिलेनको भूमिकामा देखिन सोनू सूद वास्तविक जीवनमा भने हिरो बनेका छन् ।

अब अभिनेताले आफ्नो फिल्मका लागि एउटा ठूलो निर्णय लिएका छन् । कोरोनाको मुश्किल समयमा सोनूले आवश्यकतामा परेका मानिसहरुलाई विभिन्न प्रकारले मद्दत गरेका छन् । यस्तोमा उनलाई रुचाउनेरुले उनलाई ‘मसिहा’ नाम दिएका छन् । यसको असर उनको व्यावसायिक जीवनमा पनि निकै परेको छ ।

वास्तवमा सोनू केही समयदेखि सन्तोष श्रीनिवासको निर्देशनमा बनिरहेको तेलुगू फिल्ममा काम गरिरहेका छन् ।
अब मानिसहरुबीच सोनूको छविलाई मध्यनजर गर्दै फिल्ममा केही परिवर्तन गरिएको छ ।

खबरका अनुसार समाजमा आज सोनू सूदको छविका कारण निर्माताले विशेषगरी उनका लागि फिल्ममा दुईवटा गीत पनि जोडेका छन् । यसबाहेक पूरा प्रोजेक्टमा पनि विभिन्न परिवर्तन गरिएको छ । केही दृश्य पुनः लेखिए र छायांकन पनि गरिँदैछ । निर्माण पक्षले सोनूको छविलाई फिल्माम पनि विशेष ध्यान दिइएको छ नभए दर्शक रिसाउनेछन् ।

सोनू सूदले पनि केही समयमा उनको जीवनमा अत्यधिक परिवर्तन आएको स्विकार गरेका छन् । उनले आफूले पाउने गरेको भूमिकामा पनि परिवर्तन भइरहेको बताएका छन् । उनले भने, ‘पछिल्लो एक वर्षमा मेरो जीवनमा धेरै कुरा परिवर्तन भयो । जहाँसम्म फिल्मको कुरा छ अब म फिल्ममा भिलेनको भूमिका निभाउनेछैन । अब म सकारात्मक भूमिका मात्रै निभाउनेछु । अब मैले हरेक वर्ष दुईवटा फिल्मका लागि समय निकाल्नुपर्नेछ ।’

सोनूले केही समय अघि भनेका थिए, ‘अब मैले राम्रो भूमिका पाइरहेको छु । आजकाल मैले पाइरहेको भूमिका निकै भिन्न किसिमका छन् । मैले वास्तविक जीवनको हिरोको भूमिका पाइरहेको छु । मैले आफ्नो जीवनमा जे गरेँ त्यसलाई पनि स्क्रिप्टमा उतार्ने कोसिस गरिँदैछ । मेरो लागि यो भिन्न किसिमको अनुभव हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah