रियल स्टार फुट्बल क्लबलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउँदै चात्यासा फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।
निर्धारीत समय सम्म १–१ को बराबरी भएपछि भएको टाईब्रेकरमा चात्यासाले बाजी मारेको हो । उसका लागी सन्देश केसी, श्याम श्रेष्ठ, राहुल लिम्बु र प्रविन राईले गोल गरेका थिए । उता पराजित रियलका तर्फबाट अबिन लिम्बु, बिकास लिम्बु र बिकास माझीले गोल गरे ।
उसका रोशन धिमालको प्रहार भने चात्यासाका गोलरक्षक योगेश धिमालले बिफल तुल्याएसँगै चात्यासाले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । यसअघि खेलको ३२ औं मिनेटमा गोल गर्दै प्रबिन राईले चात्यासालाई अग्रता दिलाएका थिए भने किस्मत लिम्बुले दोश्रो हाफको १८ औं मिनेटमा गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा सकिएको थियो । खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलरक्षक योगेश धिमाल भए ।
चात्यासाले अब अन्तिम चार प्रबेशका लागी विर्तामोड युनाईटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । भोली भुट्निज युथ क्लब र वाईएफसी पथरीबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।



