
काठमाडौँ । लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । तनहुँको चर्चित पर्यटकीयस्थल मानहुँकोटमा छायाँंकन गरिएको भिडियोमा सुनिलले मोडल उर्मिला गुरुङसँग रोमान्स गरेका छन् । रोमान्टिक प्रेम कथा बुनिएको भिडियोमा सुनिल र उर्मिला प्रेमी प्रेमिकाको रुपमा प्रस्तुत भएका छन् ।
बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोका बिचमा गज्जबसँग खुलेका छन् । सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलकै निर्देशनमा छायाँकन रहेको भिडियो भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिवेक विकको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।