
काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सेभिया सहज जित निकाल्न सफल भएको छ । मंगलबार राति भएको खेलमा सेभियाले भियारियललाई २–० गोल अन्तरे पराजित गरेको हो ।
घरेलु मैदानमा सेभियाले जित निकाल्दै आफूलाई अंक तालिकाको शीर्ष चारमा उकास्न सफल भएको हो । सेभियालाई जित दिलाउन लुकास काम्पोस र युसेफले एक–एक गोल गरे ।
खेलको आठौं मिनेटमा लुकासले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो ।
५३ औं मिनेटमा युसेफले गोल गर्दै सेभियालाई २–० गोलको जित दिलाउन सफल भए । जितसँगै सेभियाले १४ खेलबाट २६ अंक जोड्दै आफूलाई चौथो स्थानमा उकासेको छ ।
पारतिज भियारियल भने १६ खेलबाट २६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ ।