काठमाडौं । पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूले अझ धेरै वर्ष फुटबल खेल्ने आशा व्यक्त गरेका छन् । विश्व फुटबलको सर्वाधिक सफल र स्टार मानिएका फुटबलर रोनाल्डोले अझ धेरै वर्ष खेल्दै विश्वकप जित्ने सपना रहेको बताएका छन् ।

३५ वर्षीय रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा ईरानका अली डेईको १ सय ९ गोलको विश्व कीर्तिमानबाट मात्र ७ गोल पछि छन् ।

‘उमेरले फरक पार्दैन । दिमाग महत्वपुर्ण कुरा हो ।’ रोनाल्डोले भनेका छन् । ‘यसले केही फरक पर्दैन रोनाल्डो राम्रो छ । तिमी भोलीको बारे जान्दैनौं, के हुन गईरहेको छ । म वर्तमानमा रहन्छु ।’ रोनाल्डोले भनेका छन् ।

‘यो फुटबल हो । भोली के हुन्छ, कसैलाई केही थाहा छैन । जब म युवा खेलाडीसँग बोल्छु, म सधै भन्छु, वर्तमान क्षणमा बाँच । किनकी हामीलाई कहिल्यै थाहा हुदैन, के हुन गईरहेको छ भन्ने । मेरो आँखाले भविष्य निकै उज्वल देखेको छ । म यसमा खुसी छु ।’ उनले भने ।

सन् २०१६ को युरो कप पोर्चुगललाई जिताएका रोनाल्डोले भने, ‘सम्भव भएसम्म पोर्चुगललाई कतारमा हुने विश्वकप जिताउने सपना छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय