
एजेन्सी । बलिउडका दिग्गज अभिनेता शरत सक्सेनाले २०१८ मा दिएको एक अन्तरवार्ताको छोटो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सिने एन्ड टिभी आर्टिस्ट एसोसिएशनलाई दिएको यस अन्तवार्तामा शरतले शान्दार फिटनेशका कारण आफुलाई निर्देशकहरुले नपत्याएको बताएका छन् ।
यी कलाकारले बलिउडमा ३० वर्षसम्म सानोतिनो भूमिकामात्रै पाएका थिए । अजय भार्गवसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘फिट र गठिलो शरीरका कारण कुनै पनि निर्देशकले मलाई कहिल्यै अभिनेता मानेनन् । उनीहरुले सधैं एक फाइटर वा जूनियर आर्टिस्टको भूमिका दिए ।’
शरतले थपेका छन्, ‘ती दिनहरुमा हाम्रो देशमा जसको राम्रो बडि हुन्छ या कोही व्यक्ति बडी बिल्डरजस्तो देखिन्छ भने उसलाई हिरो बन्न योग्य मानिदैंन थियो । म सँग पनि यस्तै भयो ।’ शरतका अनुसार उनका बाबु इलाहावाद विश्वविद्यालयमा खेलाडी थिए र बाबुबाटै प्रेरित भएर शरतले पनि व्यायाम गर्ने गरेका थिए ।
‘दूर्भाग्य जब म मुम्बई आएँ । तब म निकै फिट थिएँ र जब निर्माता तथा निर्देशकले मलाई देख्थें । तब उनीहरुले कहिल्यै मलाई अभिनेताका रुपमा देखेनन् । बरु केवल एक फाइटर र जुनियर कलाकारका रुपमा देखे । त्यसैले ३० वर्षसम्म मैले केवल जुनियर कलाकारका रुपमा काम गरें । मलाई सानोतिनो भूमिका र केही लाईन डाइलग मात्रै बोल्न दिइन्थयों ।’
खासमा शरत इन्जिनियर थिए, तर उनको चाहना कलाकार बन्ने नै थियो । आफ्नो करियरका सुरुवाती दिनहरुमा उनले उद्योगमा खलपात्रका सहयोगीका रुपमा दर्जनौं फिल्महरुमा खेले । उनले महाभारतमा किचकको भूमिका पनि निभाएका थिए ।
करियरको उत्तराद्र्धमा भने शरत सफल देखिए । उनले साथिया, बागबान, फिर हेराफेरी लगायत फिल्महरुमा अभिनय गरे । सामाजिक सञ्जालमा उनको अन्तर्वाताको क्लिप शेयर गर्दै समर्थकहरुले उनको धैर्यता र संघर्षको प्रशंसा गरेका छन् ।